Skip to main content

मीनपचासमा मेला र महोत्सव

काठमाडौं, २ पुष। पुष र माघलाई मीनपचास पनि भन्ने गरिएको छ। अंगे्रजी क्यालेण्डरको नयाँ बर्षर क्रिसमस बिश्वमा प्रचलित चार्डपर्बहरु हुन। केही यता नेपालमा पनि यी पर्बहरु मनाउने गरिन थालेको छ। यसै नयाँ बर्षो अबसरमा दर्जनौं कार्यक्रमहरु देशैभरी आयोजना गरिदैछन्।
हिमाली समुदायका मानिसहरुले पनि आफ्नो नयाँ बर्षो पहिलो दिनको रुपमा लोसार पर्ब मनाउने गर्दछन्। चार वटा लोसार अहिले आआफ्ना समुदायले मान्ने गरेका छन्। मनाङमा मात्र मनाइने तोल लोसार यस बर्षपुष २ गते परेको छ। गुरुङ समुदायको तमू लोसार पुष गते मनाइदैछ। यसैगरी सोनाम लोसार माघ २ गते र शर्ेपाहरुको लोसार फागुन ३ गते भब्यताका साथ मनाइने भएको छ।
आफ्नो ठाउँमा पर्यटक भित्र्याउन मीनपचास अबधि महोत्सब र मेलाहरु पनि आयोजना गरिने भएको छ। आन्तरीक पर्यटकहरुलाई लक्षित गरेर यी मेला तथा महोत्सबहरु आयोजना गरिएका हुन।
धार्मिक स्थलहरुमा मीनपचास अबधिमा मेला लाग्ने गर्दछ । भक्तपुरको ल्हासापाकेमा मंसिर १७ गतेबाट शुरु भएको मेला आगमी श्री पञ्चमीसम्म लाग्नेछ। यहँा ज्ञानकी देबी सरस्वतीको दर्शनको लागि सबै उमेर समूहका मानिसहरु मेला अवधिको आइतबार र बिहिवारका दिनमा जाने गर्दछन्।
स्याङजामा स्याङजा महोत्सब क्रिसमसको अघिल्लो दिन पुष ९ गतेबाट सुरु भै पुष १८ गते सम्म सञ्चालन हुनेछ। पुष ९ गते नै सुरु हुने बुटवल महोत्सबको ११ औं संस्करण भने पुष २१ गते सम्म आयोजना हुनेछ । पुष ९ गते सुरु हुने अर्को मेला टिकापुर महोत्सब हो, जुन पुष १९ गते सम्म सञ्चालन हुनेछ। पुष १० गते काठमाण्डौंमा क्यापिटल एक्सपो नामको पुजी मेला सुरु हुनेछ। यसै दिनबाट सुरु हुने गोरखा महोत्सव भने पुष १४ गते सम्म सञ्चानलन हुनेछ।
र् पर्यटकको मनोरञ्जनको लागि बिगत ६ बर्षेखि निरन्तर आयोजना भैररहेको हात्ती दौड प्रतियोगिता चितवनमा हुन लागेको छ । चितवनको सौराहा तीन दिनसम्म सञ्चालन हुने दौड पुष ११ गतेबाट सुरु हुदैछ। पर्यटकीय नगर पोखरामा पुष १३ गतेबाट सुरु हुने पोखरा स्ट्रीट फेस्टिभल पाँच दिनसम्म चल्नेछ। नयाँ बर्षो अवसरमा युवा पिढीको मनोरन्जनको लागि यो फेस्टिभल आयोजना गर्न लागिएको हो। सुदुर पश्चिमको दैलखमा पुष २२ गते बाट सुरु हुने दैलेख महोत्सब पुष २८ गते आयोजना हुनेछ।
माघे संक्रान्तिबाट पनौतीमा एक महिना १२ बर्षो मकर मेला सुरु हुनेछ। मकर संक्रान्तिकै दिनमा गुल्मीको त्रिबेणा, सुनसरीको बराह क्षेत्र, सिपाडोलको आशापुरेश्वर महोदेबस्थानमा पनि भब्य मेला लाग्नेछ । आन्तरीक पर्यटनको धार्मिक आधार भएकाले यी क्षेत्रमा पर्यटक तथा तिथार्लुको सुबिधाको लागि कार्यहरु भैरहेका छन्। यसपाली कास्कीमा हुने लेखनाथ महोत्सबलाई बिवाह मेला बिशेषको रुपमा मनाउन तयारी गरिएको छ। माघ ८ गतेबाट सो मेला १० दिन सम्म चल्नेछ। जनकपुरका पर्यटन क्षेत्रको पंचारको लागि आयोजना गर्न लागिएकिो मिथिला महोत्सव माघ २३ गते सुरु हुनेछ। त्यसैगरी पाल्पाको रामपुर महोत्सव फागुन ६ गते देखि १० गते सम्म आयोजन गर्न लागिएको छ। रामपुरलाई कृषि पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने सो महोत्सबको लक्ष्य रहेको छ। पाल्पाको तानसेन महोत्सब भने फागुन २१ देखि नौ दिन सम्म चल्नेछ। नेपालमा हुन लागेका मेलाहरुको जानकारी हरीत समूहले वेभसाइट मा राखेको छ। जततउस्ररचबअजबष्अिब।तचष्उयम।अom मा मेला र महोत्सबका बारेमा उल्लेख गरिएको छ। यो पेजमा रहेको इभेन्ट भन्ने लिङक खोलेर मेलाको जानकारी पाइनेछ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।