काठमाडौं, २ पुष। आपूर्तिमन्त्री राजेन्द्र महतोले तेलको आपूर्ति एक, दुइ दिनमै सहज हुने जानकारी दिए। 'रक्सौलमा भएको हडताल र चक्काजाम हटेको छ। पेट्रोल काठमाडौं आइरहेको छ। अब एक, दुइ दिनमै आपूर्ति सहज हुन्छ,' रिपोर्टर्स क्लबकै कार्यक्रमा उनले भने, 'स्कर्टिङ गराएरै भए भोलिदेखि हामी तेल सहज रुपमा उपलब्ध गराउँछौं।'
उनका अनुसार थानकोटको डिपोको भण्डारण क्षमता डिजेल एक साता, पेट्रोल ५ दिनका लागि मात्र छ। अब जतिसुकै हडताल भए पनि एक महिनासम्म पुग्ने भण्डारण क्षमता बढाउने प्रक्रिया सुरु भएको उनले बताए। साथै उनले नेपाल-भारत संयुक्त कम्पनी खडा गरी रक्सौल-अमलेखगन्जमा पाइपलाइन बिच्छाउने प्रक्रिया सुरु भएको समेत जानकारी दिए। अब पुराना ट्यांकर विस्थापित हुने र नयाँ ट्याक्टर ल्याउन सरकारले कुनै कम्प्रोमाइज नगर्ने उनले बताए। अन्तर्रर्ााट्रय बजारभाउअनुसार तेलको मूल्य समायोजन हुँदै जाने जानकारी समेत दिए।

Comments
Post a Comment