Skip to main content

वीरगंजमा ट्राफिक समस्या

-प्रणय कुमार, वीरगंज २५ मंसिर/ उपभोक्ताका लागि आवश्यक पार्किङ्गको क्षेत्रको व्यवस्था नगरिकनै वीरगंजमा खुलेका बैंकिङ्ग प्रतिष्ठानहरुका कारण यहांको ट्राफिक व्यवस्था अस्तब्यस्त बनेको छ। वीरगंजको मुटु मानिने अर्थात मुख्य बजार क्षेत्र आदर्शनगरमा रहेका अधिकांश बैंकहरुले विना पार्किङ्ग क्षेत्रकै बैंक संचालन गरिरहेका छन्। आदर्शनगरको यस रोडको दुवै छेउमा गरेर एक दर्जन भन्दा बढि बैंकहरु संचालनमा रहेका छन्।
तर यी मध्ये एउटा वीरगंज फाईनान्स बाहेक कुनै बैंकले पनि पार्किङको सुविधा दिएका छैनन्। पार्किङ र नो पार्किङ क्षेत्र नै नछुट्याईको वीरगंजमा बैंकिङ प्रतिष्ठानहरुले पार्किङको व्यवस्था नगरेर अथवा भएकाले पनि उपभोक्तालाई प्रयोग गर्न नदिएकाले अन्य सवारी चालकलाई अप्ठेरो पर्ने र सवारी दर्ुघटना हुनसक्ने जान्दाजान्दै पनि बाध्य भएर वीच बाटोमै पार्किङ गर्नु परेको स्थानीयबासीको गुनासो छ । वीरगंजमा सरर्सर्ती हर्ेदा तीन वटा मात्र निजी बैंंकमा पार्किङ क्षेत्र भएको पाईयो तर तीनले पनि उपभोक्तलाई भने सो पार्किङ क्षेत्र उपलब्ध गराएका छैनन् । यस विषयमा कुरा उठाउंदा बैंकका संचालकहरु विभिन्न पक्षलाई दोष दिदै पन्छिने गरेका छन्। नगरलाई व्यवस्थित गराउने जिम्मा लिएर बसेको वीरगंज उपमहानगरपालिकालाई पनि यस सम्बन्धमा कुनै चासो छैन र हालसम्म यस समस्या समाधानका लागि कुनै प्रयास पनि गरिएको छैन। वीरगंज उपमहानगर पालिकाले बैंकिङग प्रतिष्ठान खोल्दा विना पार्किङ क्षेत्रकै स्ीवकृति दिने गरेकाले बैंकहरुले पनि निर्धक्क वीच बाटोलाई नै पार्किङ स्थल बनाईदिएका हुन्। त्यसो त वीरगंजका निजी बैंकिङ प्रतिष्ठान, ठूलाठूला सपिङ कम्लेक्स तथा कार्यालयहरुको त कुरै छाडौ, वीरगंज भन्सार, जिल्ला वन कार्यालय, नापी शाखा, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय लगायतका सरकारी कार्यालयहरुले समेत र्सवसाधारणका लागि व्यवस्थित पार्किङको सुविधा दिएका छैनन्। समस्या बढेको दशौं बर्षपछि बल्लतल्ल योजना बनाउन शुरु गरेको उपमहानगरपालिका र ट्राफिक प्रहरीले अबको कति बर्षपछि सवारी अवागमन सहज र सुव्यवस्थित बनाउने हो त्यो त हर्ेन बांकी नै छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।