Skip to main content

मंसिरमा पत्रकारको लगन जुरेन

काठमाडौं, २ पुष। पत्रकारहरुलाई असुरक्षित पेशाकर्मीको रुपमा लिन थालिएको छ। यसै कारणले उनीहरुको उमेर छँदै बिहे हुने गरेको छैन। भक्तपुरमा दशकौं पहिले पत्रकारिता सुरु गरेका बुढा नेता रोहित बिजुक्छेको यसपाली बिहे २५ बर्षपुगेछ। अहिले पनि प्रकाश उपानाममा स्थानीय पत्रिकामा राजनैतिक लेख लेख्ने गरेका बिजुक्छेको घरमा गत मंसिर १७ गते केही भक्तपुरका अबिवाहित पत्रकारहरु पुगेका थिए। ऋषि धमलाको बिहे पनि हुने सकेन।
अर्का पत्रकार बालमुकुन्द सुवाल भने बिहेको भोज खुवाउन पार्टर्ीीयालेसका सञ्चालक भएका छन् । यस मंसिरमा सुवालको पार्टर्ीीयालेसमा उनका कुनै पनि अबिवाहित सहकर्मीको बिहे समोरोह हुने सकेन।
सभासद तथा पत्रकार लीला न्याँच्याइको बिहे गर्ने उमेर काट्न लागेको छ। तै पनि बिहेबारी गर्ने कुनै सुरसार छैन। नेपालमा पत्रकारिता, नेतागिरी हुँदै मन्त्री हुने चलन छ। आफुले खोजेको सभासद पद पाए पछि, बुद्धिजिबी पत्रकार गगन थापाले बिहे गरेका थिए। तेश्री लिङगी पत्रकार सुनिलबाबु पन्तको बिहे भएको छैन।
प्रेस चौतारी भक्तपुरकी उपाध्यक्ष र्सर्मिला लवजुको यस मंसिरमा बिहे हुन सकेन। ब्यस्तताको कारण लवजुले केटा खोज्ने समय पनि पाएका छैनन्। उनको बिवाहको लागि भनेर नै परिवारको नयाँ घर बनेको छ। पत्रकार महासंघका भक्तपुरका उपाध्यक्ष कृष्णराम किसीका मातापिता आफ्नो छोराको चाँडै बिहे होस भन्ने चाहेका छन्।
नेपाली काङग्रेस निकट दिलिप मगरको बिहे कहिले होला भन्ने स्थिति छैन। बिहे नगरेका कुमार र कुमारी पत्रकारहरु सूची लामो नै छ। अचम्मको कुरा यस पालीको बजेटमा बिहेको कुरा आयो। तर, कार्यान्वयन भएन। पत्रकारलाई सरकारले भत्ता दिने भनियो तर पछि यो निर्ण्र्ााखारेज गरियो। यदि पत्रकारको बिहेको लागि पनि बजेट बिनियोजन गरेको भए धेरै पत्रकारले लाभ लिने थियो। पत्रकार मैयाँ त्वानाबासु, बिरेन केसी, शुसिल थापा, केआर गोर्साई लगायतको बिहे नहुदा उनीहरुका शुभचिन्तक निराश भएका छन्। आगामी माघको लगन जुरोस भन्ने चाहेका छन्। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।