वीरगंज, १९ मंसिर । पर्साको रामगढवा गाविसमा नेपाली काग्रेसको कार्यालयको आज उद्घान कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयां संविधान बन्ने वेलामा माओवादीले अराजक गतिविधी गर्नु दुर्भाग्यपुर्ण भएको बताउनुभयो। काग्रेस पर्साका सभापति अजय दिवेदीको सभापतित्वमा कार्यक्रममा समपन्न भएको हो। कार्यक्रममा एकीकृत नेकपा माओवादीले गर्न लागेको गणराज्य घोषणा संबिधान र शान्तिप्रक्रिया बिपरित भएको बताउनुभएको छ। उक्त कार्यक्रममा नेपाली काग्रेसका महामंत्री विमलेन्द्र निधीले अहिलेको प्रमुख आवश्यक्ता भनेको संविधान निर्माण गरी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउनु रहेको बताउनुभयो।
वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...
Comments
Post a Comment