Skip to main content

चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने, आज माघे संक्रान्ति, धुमधाम साथ मनाईदै

चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने
-ज्ञानेन्द्र शर्मा
लिवाङ रोेल्पा १ माघ। राष्ट्रिय भूकम्प सुरक्षा दिवस-२०६६ को अवसरमा
दाङका चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय दाङको आयोजना र नेपाल
पत्रकार महासंघ दाङको सहआयोजनामा भोली विहान साढे ७ वजे पत्रकार महासंघको
सभाकक्षमा हुन लागि रहेको कार्यक्रममा भूकम्पको जोखिमबाट वच्ने सम्वन्धि
निरन्तर कलम चलाए वापत पत्रकारहरु निमूसंगम र्घर्ती, पाण्डवप्रसाद शर्मा,
श्रीधर भावुक र पुनम डिसीलाई सम्मान गर्न लागिएको हो।
कार्यक्रममा भूकम्पीय जोखिम घटाऔं, समुदायको सुरक्षा वढाऔं, विद्यालय
अस्पताल घर आवास सुरक्षित वनाऔं भन्ने विषयमा खुल्ला वक्तृत्व कला
प्रतियोगिता हुने वताईको छ।
कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायि, शिक्षक,
विद्यार्थी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिका
लागि आयोजक कार्यालयका निमित्त डिभिजन प्रमुखर् इञ्जीनियर प्रदीप गिरीले
सवैसंग आग्रह गर्नु भएका थियो।

आज माघे संक्रान्ति, धुमधाम साथ मनाईदै

आज माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति। आजको दिन विशेष गरेर घिउ,
चाकु, तिलको लड्डु, तरुल र खिचडी खाने प्रचलन छ। यस्ता पदार्थले शरिरमा
आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेडलगायत पौष्टिकता प्रदान गर्ने
भएकोले शरिर स्वस्थ र निरोगी राख्ने आयर्ुर्वेद चिकित्सा शास्त्रमा
उल्लेख गरिएको छ।
ज्योतिष शास्त्रअनुसार आजदेखि र्सर्ूय धनु राशिबाट मकर राशीमा प्रवेश
गर्ने र उत्तरायण हुने भएकाले आजको दिनलाई मकर संक्रान्ति भन्ने गरिएको
हो। आजदेखि दिन लामो र रात छोटो हुने गर्दछ।
मकर संक्रान्तिको दिन आज रोल्पा, रुकुम, दाङ, प्युठान र सल्यान लगायतका
जिल्लाहरुमा माघे सक्रान्ति बिशेष मनाइदैछ, रोल्पामा आज बिहानैदेखी
नजिकको नदिमा नुहाउँन जाने, बालबालिकाहरुले बनमा गएर पुतली पोलेर बनमै
खिचडी खाएर रमाईलो गरेका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।