Skip to main content

अर्न्तक्रिया तथा सम्मान कार्यक्रम, राकँ गाविसको गाउँ परिषद विभिन्न खेलकूद प्रतियोगिता

ज्ञानेन्द्र शर्मा
रोल्पा, ४ माघ। चन्द्र माडी युवा क्लव बाजाबाङ  रोल्पालेे माघे सक्रान्तिको अबसर पारेर आयोजना गरेको बिभिन्न खेलकुद प्रतियोगिताहरु आज सम्पन्न भएका छन्।
    कार्यक्रममा भलिबल, हाजिरी जवाफ, घैटाफोर, रस्साकसीँ र भाले छोपार्ँइ प्रतियोगिता संचालन गरिएको थियो।
    १२ टिमको बिचमा प्रतिस्पर्धा भएको भलिवल प्रतियोगितामा सिर्जनशील युवा क्लव महेन्द्री प्रथम, समाज सेवी युवा क्लव कोछाप दोस्रो र सल्लीबोटको टिम तेस्ा्रो भएका छन्।
    यसैगरी हाजिरी जवाफ तर्फचन्द्र माडी युवा क्लवको ए टिम प्रथम, सुस्मीता स्मृती युवा क्लव हरीगाउँ दोस्रो र चन्द्र माडी युवा क्लवको बि टिम तेस्रो भएका छन्।
    घैटाफोर प्रतियोगिता तर्फहरिगाउँ रोल्पाका अरुण थापाले प्रथम स्थान हासिल गरेका छन्।
    रस्साकसी प्रतियोगिता तर्फसल्लीबोटको टिम प्रथम, लेकाली युवा क्लव खेवासेको टिम दोस्रो र चन्द्रमाणी युवा क्लव बाजबाङको टिम तेस्रो भएका छन्।
    भाले छोपार्ँइ प्रतियोगिता तर्फबाजबाङका टेक बहादुर र्घर्ति प्रथम भएका छन्। 
    यज्ञ बहादुर महराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अमराज महराले गर्नुभएको थियो।

राकँ गाविसको गाउँ परिषद

ज्ञानेन्द्र शर्मा
रोल्पा, ४ माघ। रोल्पाको राकँ गाविसको गाउँ परिषद आज देउल टाकुराको गाविस भवनमा सम्पन्न भएको छ।
    कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, बिभिन्न संघ सस्थाका प्रतिनिधी, नागरिक समाज, बुद्धिजीवि, पत्रकार स्थानिय र्सवसाधरणको सहभागिता रहेको थियो।
    परिषदमा प्रत्येक वडाबाट २/२ जनाको दरले वडा प्रतिनिधीहरुले आ-आफ्नो वडाको बारेमा समस्याहरु र आफ्नो वडालाई आवश्यक बजेटको बारेमा मन्तव्य राखेका थिए।
    गाविसको कुल बजेट २८ लाख ९२ हजार मध्ये प्रशासनिक तर्फ४ लाख २० हजार, पुजिँगत तर्फ२० लाख ३० हजार र एल.जि.सि.डि.पि तर्फ४ लाख ४२ हजार बिनियोजन गरेको छ।
    कार्यक्रम गाविस सचिव काशिराम खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।

अर्न्तक्रिया तथा सम्मान कार्यक्रम
ज्ञानेन्द्र शर्मा
रोल्पा, ४ माघ। जिल्ला बाल कल्याण समिती रोल्पा र बाल क्लव संजाल रोल्पाको सयुक्त आयोजनामा आज लिवाङमा बाल क्लव भेला, अर्न्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। 
    कार्यक्रममा जिल्ला बाल कल्याण अधिकारी निर्मला कार्कि, निमित्त प्रमुख जिल्ला अधिकारी धन बहादुर के.सी., एकिकृत नेकपा माओवादीकी देउकला कुमारी र्घर्तिमगर, नेपाली काग्रेसका कृष्ण बहादुर र्घर्ति, नेकपा एमालेका हरी प्रसाद र्घर्ति, प्रहरी नायब उपरिक्षक कृष्ण प्यारा खरेल, जिल्ला बिकास समिती रोल्पाका सुचना अधिकृत रामकुमार न्यौपाने, पत्रकार महासंघ रोल्पाका अध्यक्ष खेम बहादुर बुढा, पत्रकार, बिभिन्न बाल क्लवका प्रतिनिधीहरुको सहभागिता रहेको थियो।
    बाल अधिकारका लागि बाल सहभागिता भन्ने मुल नारा लिएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप एवम् बाल अधिकार पर््रवर्द्धनका लागि जनचेतना मुलक कार्यक्रम सक्रियता पर्ुवर्क संचालन गर्ने ५ वटा बाल क्लवलाई सम्मान गरिएको थियो। 
    सम्मान गरिएका बाल क्लवहरुमा र्सर्ुयमुखि बाल क्लव, सिर्जनशिल बाल क्लव, सुनौलो बाल क्लव कामना बाल क्लव र रहेका छन्।
    निर्मला कार्किको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन गोकर्ण्र्ााुनले गर्नुभएको थियो भने बाल क्लव संजालका अध्यक्ष ज्ञान बिक्रम केसीले स्वागत मन्तव्य दिनुभएको थियो।


Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।