Skip to main content

पहिलोपटक बिद्यालय व्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व

कुमार नेगी
मकवानपुर, २२ पुस मकवानपुरको सरकारी विद्यालयमा पहिलो पटक विद्यालय व्यवस्थापन समितिमा विद्यार्थीको प्रतिनिधित्व गराइएको छ। व्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व हुनुपर्ने आवाज उठिरहेको बेला उत्तरी मकवानपुरको दामन गाविस वडा नं. २मा रहेको श्री कालाभैरव प्रचण्ड प्राथमिक विद्यालयमा विद्यार्थीले यस्तो अवसर पाएका हुन्। विद्यालयमा सोमबार सम्पन्न अभिभावक भेलाले नयाँ व्यवस्थापन समिति चयन गर्ने क्रममा कक्षा ४ की अनुजा चौधरीलाई समिति सदस्य चयन गरेको हो। एक वर्षसोही विद्यालयमा बस्ने भएकाले कक्षा ४ को विद्यार्थीैलाई समिति सदस्यका लागि चयन गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुबसिँह विष्टले बताए।
विद्यालय व्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व गराउँदा छलफलको क्रममा उनीहरुको प्रतिनिधि आवाज आओस् भनेर प्रतिनिधित्व गराइएको शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए। दामनपालुङका विद्यार्थीहरुले शैक्षिक गुणस्तरका लागि विद्यालय व्यवस्थापन समितिमा आफूहरुको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएका थिए। गत कार्तिक २१ देखि २३ गतेसम्म दामनको विकास घरमा सम्पन्न जिल्लास्तरीय नमुना बाल संसदका सहभागी विद्यार्थीहरुले स्पष्ट शब्दमा यस्तो आवाज उठाएका थिए। काठमाण्डौंमा मंसिर २१ देखि २३ गतेसम्म ग्लोबल एक्शन नेपालले आयोजना गरेको केन्द्रीय नमुना बाल ससदमा पनि देशभरका बालबालिकाका प्रतिनिधिहरुले यसका लागि आवाज उठाएका थिए। सो नमुना बाल संसद र काठमाण्डौंमा सम्पन्न शिक्षक अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रममा सहभागी भएर आएपछि काला भैरवका प्रधानाध्यापक ध्रुवसिँह विष्टले विद्यालय व्यवस्थापन समितिमा विद्यार्थी प्रतिनिधित्व गराउने निश्चय गरेका थिए। काठमाण्डौंका कतिपय विद्यालयहरुमा यस्तो व्यवस्था शुरु भैसकेको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।