Skip to main content

प्लाष्टरको सरस्वती माताको मूर्तिहरु सस्तो भएपछि

-उत्तम खड्गी
वीरगंज, ५ माघ। यस पटक सरस्वती पूजा माघ ६ गते परेको छ। सरस्वती पूजाको दिन नजिकिदै गर्दा देशभरि यसको चहलपहल देख्न सकिन्छ। खासगरी सरस्वती पूजा मनाउन विद्यार्थीहरु निकै उत्साहित हुने गरे पनि विद्यालय लगायत टोल, टोल, गाउं घरमा समेत यसको चहलपहल बढेको  छ। कोही टेन्ट बनाउन व्यस्त छन् भने कोही सरस्वती माताको मूर्ति किनेर ल्याउनमा व्यस्त छ भने कोही बजारमा पूजाको सामग्री किन्नमा व्यस्त भएको छ। यसपटक भने वीरगंजमा राजस्थान, भारतबाट आएका कलाकारहरुले प्लाष्टरको मूर्ति बनाएर सस्तो दरमा बिक्री गरेकोले पनि सरस्वती पूजा गर्नेहरु अघिल्लो वर्षो तुलनामा वृद्धि भइरहेको बुझिन आएको हो। प्लाष्टरको मूर्तिहरु रु एक सयदेखिको मोलमा सुरु भइ एक हजारभन्दा माथिको दरमा पनि उपलब्ध छ। त्यसकारण प्लाष्टरको मूर्ति बजारमा आएपछि माटोको मूर्ति बनाउने स्थानीय कलाकार, व्यापारीहरु मारमा परेका छन्। माटोको मूर्ति एक हजारभन्दा कममा नपाउने भएकोले माटोको मूर्ति यसपटक त्यति मात्रामा बिक्री हुन सकेन भन्ने जानकारी एक स्थानीय माटोको मूर्ति बनाउने कलाकारले गराएका छन्। उता फोटोप|mेम गरेर सरस्वतीको तस्बिर बेच्नेहरु पनि मारमा परेको छ बताइदैछ। फोटो प|mेम भएको तस्बिरभन्दा प्लाष्टरको सरस्वतीको मूर्ति सस्तो भएको हुनाले मूर्ति पूजा गर्ने एक विद्यार्थीको समूहले प्लाष्टरको मूर्ति नै किनेर पूजा गर्न लागेको जानकारी गराए। यसपटक सरस्वती पूजा धेरै ठाउंमा धुमधामका साथ मनाउन विद्यार्थीहरु उत्साहित देखिएका छन् तर लोडसेडिङको कारण मनोरञ्जन गर्न गाह्रो भएको गुनासो पनि विद्यार्थीहरुको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।