Skip to main content

विभिन्न खेलकूद प्रतियोगिता

ज्ञानेन्द्र शर्मा
रोल्पा, ८ माघ। नमछुगुङ असल भिजन युवा क्लव उवा रोल्पाको आयोजनामा प्रथम बाषिर्क उत्सव बिहीवार बेलुकी सम्पन्न भएको छ। बाषिर्क उत्सवमा बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो।
    भलिबल प्रतियोगितमा नब टिकाचुली युवा क्लव उवा ५ जुत्तर प्रथम, सयुक्त जलजला युवा क्लव उवा ४ थपु्र द्वितिय, गामबेसी युवा क्लव गाम तृतिय र रिकुङेनेटा युवा क्लव उवा ६ सान्त्वना भएका छन्।
    महिला भलिबल तर्फगणतान्त्रिक टिलाचन युवा क्लव सेरम प्रथम, गणतान्त्रिक असल भिजन उवा १ द्वितिय र जन्तरे युवा क्लव उवा ७ तेल खोला तृतिय भएका छन्।
    रस्सा कसी तर्फसयुक्त जलजला युवा क्लव प्रथम, लङजमम्पमा जन्तरे युवा क्लवको टिम प्रथम र द्वितिय भएका छन्। यसैगरी चक्लेट दौडमा सयुक्त जलजला युवा क्लव प्रथम, घैटाफोर तर्फगणतान्त्रिक टिलाचन युवा क्लव सेरमका मिना बुढा प्रथम भएकी थिइन।
    समापन कार्यक्रममा एकिकृत नेकपा माओवादीका एरियार् इन्चार्ज बिश्वजीतले बधाई मन्तव्य राख्नु भएको थियो भने खेलकुद अबधिभर मदिरापान निशेष गरिएको थियो।
    यसैगरी खडानन्द सुवेदी स्मृति प्रतिष्ठान नेपाल रोल्पाको बैठक सम्पन्न भएको छ। बैठकले प्रतिष्ठानका संरक्षक नारायणप्रसाद सुवेदीद्वारा स्थापित हरेक वर्षप्रतिष्ठानबाट प्रदान गरिने साहित्य र शिक्षा तर्फो पुरस्कार वितरण यहि माघ १६ गते शहिद दिवशका अवसरमा प्रदान गर्ने निर्ण्र्ाागरेको छ।
    जिल्लामा साहित्यको उत्थानको लागि कृयाशील साहित्यिक संस्था वा व्यक्तिलाई पुरस्कारका लागि छनौट गर्न ओम प्ंाक्षीको संयोजकत्वमा कविता उपाध्याय र खेम बुढा सदस्य रहेको समिति गठन गरेको छ।
    यसैगरी एस.एल.सी.मा सरकारी विद्यालय तर्फाट जिल्लामा र्सवाेत्कृष्ट अंक प्राप्त गर्ने १ जना छात्र र १ जना छात्रा लाई पुरस्कारका लागि छनौट गर्न सीता शर्माको संयोजकत्वमा रामकुमार न्यौपाने र दामोदरप्रसाद सुवेदी सदस्य रहेको समिति गठन गरेको छ। पुरस्कारको राशी शिक्षा र साहित्य तर्फ५/५ हजार गरी १० हजारको रहेको छ। बैठक प्रतिष्ठानका अध्यक्ष चिन्तामणि आचार्यको अध्यक्षतामा सम्पन्न भएको नेपाली लेखक संघ रोल्पाका अध्यक्ष दामु मर्सिफुलले जनाएका छन्।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।