Skip to main content

राज्य पर्ुनर्संरचना समितिको प्रतिवेदनमाथि छलफल

शशि कोइराला, काठमाडौं, १७ माघ। संविधानसभाको वैठकमा राज्यको
पुनर्संरचना र शक्तिको बांडफांड समितिको अवधारणापत्र र प्रारम्भिक
मस्यौदा सम्वन्धी प्रतिवेदन २०६६ माथिको छलफल आजबाट शुरु भएको छ।
सो समितिको प्रतिवेदन अन्तिम तथा एघारौ प्रतिवेदनका रुपमा
सविधानसभाको बैठकमा प्रवेश पाएको हो।
प्रतिवेदनमा समेटिएका मुल मुद्दामध्ये खासगरी राजनैतिक अग्राधिकार र
संघीयताको बाडफाडको नक्सासम्बन्धी विषयमा ठुला दलहरुवीच नै मतैक्यता हुन
सकेको छैन।
बैठकको प्रारम्भमा राज्यको पुनर्संरचना तथा शक्तिको बांडफांड
समितिका सभापति लोकेन्द्र विष्टले सो प्रतिवेदन माथि छलफल गरियोस् भनी
बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव र्सवसम्मत स्विकृत भएको छ।
आजको बैठकमा वोल्दै एकिकृत नेकपा माओवादीका नेता तथा सभाषद हितमान
शाक्यले राज्य पर्ुनर्संरचना गर्ने विषय निकै कठीन काम भएकाले यसमा थप
छलफल जरुरी रहेपनि समितिले प्रस्तुत गरेको प्रतिवेदन नै मूलत ठीक रहेको
दावी गर्नुभयो।
प्रतिवेदनमा पहिचानलाइ प्राथमिकतामा राखेर राज्य पर्ुनर्संरचनाको खाका
प्रस्तुत गरिएको वताउंदै उहांले सामर्थ्यलाइ पनि त्यसको आधार वनाइएको
जानकारी दिनुभयो।
समितिले तयार पारेको प्रदेश निर्माणको अवधारणा निकै महत्वपर्ूण्ा रहेको
दावी गर्दै उहांले त्यसकै आधारमा टेकेर सामान्य हेरफेर गर्न सकिने उल्लेख
गर्नुभयो।
राज्य पर्ूनर्संरचनाको मुद्धा टुंगो लगाउन आयोग निर्माण गर्नुपर्ने
विषय जरुरी नरहेको भन्दै उहांले अन्तिम समयमा आएर आयोग गठन गर्नुपर्ने
भन्ने भनाइले संविधान निर्माण हुन नदिने आशंका ब्यक्त गर्नुभयो।
उहांले बर्षौा देखि पछाडि पारिएका समुदायलाइ राजनीतिक अग्राधिकार दिनु
लोकतान्त्रिक मान्यता हो भन्दै राजनीतिक अग्राधिकार र आत्मनिर्ण्र्ााो
अधिकार महत्वपर्ूण्ा विषय रहेको उल्लेख गर्नुभयो।
नेपाली कांग्रसका उपसभापति रामचन्द्र पौडेलले राज्य पर्ुनर्संरचना
समितिले सिमा विभाजन गरेर प्रस्तुत गरेको नक्सा सहितको प्रतिवेदन
भ्रमपर्ूण्ा र निहीत स्वार्थ्र्ााुरा गर्न ल्याइएको आरोप लगाउनुभयो।
समितिले ल्याएको उक्त प्रतिवेदन हचुवा,निहित स्वार्थ पुरा गर्न र केही
मान्छेलाइ प्रभाव पार्न ल्याइएको भन्दै यसवाट देशका सवैभन्दा उत्पीडित
जनताले न्याय पाउन नसक्ने दावी गर्नुभयो।

सदियौं देखि मिलेर वसेका जनतालाइ जातिय विभाजन गरेर विवाद खडा गरिएको
वताउंदै उहांले यसवाट राष्ट्रलााइ कमजोर पार्ने खेल खेलिएको वताउनुभयो।
पहिचान र सामर्थ्यलाइ मात्रै आधार वनाएर नेपाली जनतालाइ अधिकार दिन
नसकिने वताउंदै राज्य कुनै एक जातीर्,धर्म र समुदायको मात्र नहुने
संविधानमा प्रष्ट लेखिएको भएपनि समितिको प्रतिवेदनले राज्यलाइ
जातीय,धार्मिक तथा साम्प्रदायिक आधारमा टुक्राउन खोजेको आरोप लगाउनुभयो।
प्रतिवेदनले संघीयतमाथि षडयन्त्र गरेको तथा लोकतन्त्रमाथि चिरहरण गरेको
उहांको आरोप थियो।
नेकपा एमालेकी सभाषद थममाया थापाले समितिले प्रस्तुत गरेको प्रतिवेदनले
सवै जातजाति र समुदायको पहिचानलाइ प्रतिविम्वित गरेकाले यो महत्वपर्ूण्ा
रहेको वताउनुभयो।
उहांले पहिचान तथा सामर्थ्यका आधारमा समितिले वनाएको
राज्यपूनर्संरचनाको खाकाले संघीय नेपालको सुन्दर तस्विर निर्माण गरेको
वताउनुभयो। पछाडि पारिएका समुदायलाइ राजनीतिक तथा प्रशासनिक हिसावले
अगाडि ल्याउन राजनीतिक अग्राधिकारले महत्वपर्ूण्ा भूमिका खेल्ने भन्देै
त्यसलाइ प्राथमिकता दिन आग्रह गर्नुभयो।
मधेसि जनअधिकार फोरमका आत्माराम प्रसाद शाहले मधेसमा थारु र गैरथारु
मधेसिलाइ विभाजन गरेर मधेस टुक्राउन खोजएको आरोप लगाउनुभयो। उहांले सवै
मधेसलाइ एउटै प्रदेश वनाउनुपर्ने जिकिर गर्नुभयो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।