Skip to main content

युवा क्लव तालावाङ रोल्पाले आफ्नो तेस्रो बाषिर्क उत्सव सम्पन्न, धमाधम गाउँ परिसद बैठक सम्पन्न , थबाङमा फलामको चुलो प्रर्दशन

ज्ञानेन्द्र शर्मा
रोल्पा, ३ माघ। नेपाल सरकार वैकल्पिक उर्जा प्रर्वद्धन सेवा केन्द्र तथा नवीकरणीय उर्जा सहयोग कार्यक्रम अर्न्तर्गत थबाङमा फलामको चुल्हो प्रर्दशन कार्यक्रम सम्पन्न भएको छ। धुवा कम, जादो याममा राम्रो हुने फलामको चुल्हो प्रदर्शन कार्यक्रमा थबाङ बासीको भिड नै थियो।

धमाधम गाउँ परिसद बैठक सम्पन्न

ज्ञानेन्द्र शर्मा
रोल्पा, ३ माघ। रोल्पा जिल्लामा आज भोली धमाधम गाउँपरिसद बैठक सम्पन्न भइरहेको छ। स्थानियबासिन्दाले गाउँपरिषदको अधिकाशं बजेट सडक निमार्ण्र्ाा बिनियोजन गर्ने निर्णय गरेका छन्।
    यसैक्रममा रोल्पाको डुब्रिङ गाविसको गाउँ परिषद सम्पन्न भएको छ। स्थानिय बासीन्दाहरुले राष्ट्रको बिकासको लागि स्थानिय स्तरमै दिगो बिकास आवश्यकता भएको बताएका छन्।
    कुल बजेट २५ लाख रकमलाई डुब्रिङ गाविसको ९ वटा वडाहरुलाई समेट्ने गरी सडक, शिक्षा, स्वास्थ्य, यातायात र पिछडिएको बर्गको उत्थ्ाान लगायतका कार्यमा बिनियोजन गरेको छ।
    गाविस सचिव कम्नन गिरीको अध्यक्षतामा सम्पन्न परिषदमा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, सुरक्षाकर्मी, बिभिन्न सरकारी तथा गैर सरकारी सस्थाका प्रतिनिधी, बुद्धिजिवी, नागरिक समाज, शिक्षक र स्थानियबासीन्दाको सहभागिता रहेको थियो।

युवा क्लव तालावाङ रोल्पाले आफ्नो तेस्रो बाषिर्क उत्सव सम्पन्न

ज्ञानेन्द्र शर्मा
रोल्पा, ३ माघ। माघे सक्रान्तिको अबसर पारेर माडिखोला युवा क्लव तालावाङ रोल्पाले आफ्नो तेस्रो बाषिर्क उत्सव सम्पन्न गरेको छ। हिजो बेलुकी सम्पन्न भएको बाषिर्क उत्सवमा बिभिन्न खेलहरुको आयोजना गरिएको थियो।
    ११ टिमको बिच प्रतिस्पर्धा भएको भलिबल प्रतियोगितामा प्रगतीशिल युवा क्लव आरुवा प्रथम, बाल संजाल युाव क्लव दोस्रो, समाज रुपान्तरण युवा क्लव ऋचावाङ तृतिय र आयोजक टिम सान्त्वना भएका छन्।
    प्रतियोगितामा प्रथम हुने टिमले २ हजार, दोस्रो हुनेले १ हजार ५ सय, तृतिय हुनेले १ हजार र सान्त्वना हुनेले ८ यस रुपैया प्रदान गरेका छन।
    करीब १ हजार दर्शकको उपस्थिती रहेको कार्यक्रममा घैटाफार र लोक दोहोरी प्रतियोगिता पनि आयोजना गरिएको थियो। 

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।