Skip to main content

पर्यटन बोर्डले काम गरेन

भक्तपुर, २२ पुस। नेपाल पर्यटन बोर्डमा एमालेनिकट सुवास निरौलाको कारण बोर्डको उद्देश्य अनुरूप काम हुन सकेको छैन। बोर्ड पर्यटन पर््रबर्द्धन गर्न गठन गरिएको हो। तर नेपालमा हुने केही मेला र महोत्सवका ब्रोसरहरूमा पर््रबर्द्धक उल्लेख गर्नु बाहेक उपलब्धिमूलक केही कार्य बोर्डले गर्न सकेको छैन। बिदेशी मिडियाहरूले नेपाललाई असुरक्षित गन्तब्य भनिरहदा समेत बोर्डले केही गर्न सकेन। बोर्डका केही कर्मचारी मेला महोत्सवमा सहभागी हुन जानु मै पर्यटन कर्मचारीको दिनचर्या बनेको छ। अंग्रेजी महिनाको पहिलो दिन, अघिल्लो महिनामा हवाइजहाजबाट नेपाल आएका बिदेशी पर्यटकको तथ्याङक प्रेस बिज्ञप्तीमार्फ बोर्डले र्सार्बजनिक गर्ने गरेको छ। तर हाल सम्म पनि खुल्ला सिमानाबाट आउने पर्यटकको बारेमा बोर्डले केही भन्न सकेको छैन।
महोत्सवहरूको बारेमा बोर्डको वेभसाइटमा कुनै जानकारी छैन। मेलाहरूको जानकारी दिने बोर्डले अझसम्म ब्यवस्था गरेको छैन। बोर्डको सूचना केन्द्रमा जानकारी लिन जानेहरूलाई पर्चाबाहेक अरू केही सही जानकारी दिदैन।
स्थानीय बिद्यालयहरूले गर्ने शैक्षिक मेलालाई पर्यटन गतिबिधिको रूपमा अझसम्म पनि बोर्डले परिभाषा समेत गरेको छैन। बोर्डको श्रोत बिदेशी पर्यटकले तिर्ने अध्यागमन शुल्क हो। बोर्डले बिदेशको सुबिधाको लागि पनि केही गरेको छैन। केवल बोर्ड निकटका मानिसहरूलाई मात्र उसले सहयोग गर्ने गरेको छ। खोजीनिती बोर्डको कार्यक्षेत्र हो। नयां नयां पर्यटन गन्तब्य पत्ता लाउने कुनै पनि काम बोर्डले गरेको देखिदैन। बोर्डले नेपालमा भैरहेका मेलाहरूको जानकारी वेभसाइट नराखे http://rachalica.tripod.com मा भने राखिएको छ।
बोर्डले प्रकाशन गरेको पुस्तक र पुस्तिकाहरू काम लाग्ने किसिम छैनन्। खाली देखावटीको रूपमा ती प्रकाशनहरू प्रकाशित गरिएको पाइएको छ। बोर्डको टुरिज्म प्रोडक्टस् अफ नेपाल नामको पुस्तकमा बढी सामाग्री अन्य श्रोतबाट कपी-पेस्ट गरिएको छ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।