Skip to main content
धरानमा र टिकौलीमा रत्ननगर महोत्सव
भक्तपुर, २२ पुस। धरान नयाँ सहर भएर पनि विकासमा फड्को मार्न सफल छ । त्यही धरानमा पर्ुवाञ्चल महोत्सवको तयारी भएको छ। लुकेर वसेको कलाकौशल, हस्तकला, वैज्ञानिक कृषि प्रविधि, स्थानीय श्रोतवाट उत्पादित वस्तुको व्यापार प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव हुन लागेको हो।
विकासोन्मुख देशका संभावित वस्तुको जर्गेनासंगै आधुनिक प्रविधिले दिने नयाँ सोचको विस्तारवाट प्राप्त लाभको आधुनिक ढंगले प्रकाशमा ल्याइ त्यसवाट पाउने उपलव्धि उद्यमी व्यवसायीलाई उर्जाको रूप दिने महोत्सवको अर्को उद्देश्य रहेको छ।
धरान वजार पर्ूवाञ्चलको मुख्य केन्द्रविन्दु हो। सदावहार विजयपुर डाँडाको काखमा धरान रहेको छ। यो सहरलाई पेन्सनवाला व्रिटिस गोरखा सैनिकहरूले वासस्थानको रूपमा प्रयोगमा ल्याएका छन्। त्यही भएर यहाँ धेरैजसो परिवारको मुख्य पेसा नै सेनासंग सम्वन्धित रहने गरेको हो। धरानमा वनाइएको सैनिक क्याम्प मार्फ व्रिटिस सेनामा भर्ना लिने प्रवन्ध मिलाइने गरिएको छ। सेनामा रूचि राख्ने युवाहरू, यो डाँडामा हरेक दिन दगर्ुर्दै कठोर अभ्यास गर्न आइपुग्छन्। पेन्सन पाकेकाहरू भने महिना दिनमा पेन्सन वुझ्न जाने गरेका छन्। विजयपुरमा केही फलफूल खेती पनि गरिएको छ। सुन्तला यहाँ राम्रो फलिरहेको छ।
मकालु क्षेत्रको पदयात्राको प्रस्थान विन्दुको रूपमा धरानलाई नेपाल सरकारले राखेको छ। मकालुलाई संसारका कठिन पदमार्गहरूको सूचीमा राखिएको छ। यहाँवाट अरूण उपत्यका, सिफटान भन्ज्याङ हुँदै सगरमाथा, मकालु र ल्होत्से हिमालहरू नजिकवाट अवलोकनको लागि जान सकिन्छ।
विजयपुरको मध्ये भागमा दन्तकालीको मन्दिर छ। यहाँ स्वास्थानीमा वर्ण्र्ाागरिएकी सतीदेवी दाँत पतनको भएको विश्वास गरिन्छ । पौराणिक कथा अनुसार भगवान शिवले मृत भएकी सतीदेवी वोकेर लग्ने क्रमको हाल दन्तकाली रहेको मन्दिरमा उनको दाँत पतन भएको हो ।
दन्तकालीको मन्दिरसंगै पिण्डेश्वर वावाको मन्दिर रहेको छ। त्यसैगरी विजयपुर मै अग्ला वाँसको घारीमा वुढासुव्वाको मन्दिर छ। यो मन्दिरमा कुनै मर्ुर्ति छैन। मन्दिर भित्र तीन वटा माटोको ढिस्काहरूलाई पवित्र मानी पूजा अर्चना गर्ने गरिन्छ। यहाँ काग कहिल्यै आउंदैन र यहाँ रहेका वाँसमा टुप्पा नहुनुलाई आर्श्चर्यको रूपमा हेरिएको छ। किम्वदन्ती अनुसार एक शिकारीले आफ्नो गुलेली त्यहाँ गाडेका थिए। गुलेलीको वाँस पलाएर ठूलो भए पछि उम्रिदा टुप्पो नरहेको भन्ने जनविश्वास रहदै आएको छ।
धरान वसपार्कवाट ८ किलोमिटरमा विष्णु पादुका रहेको छ । कोका नदीको किनारमा विष्णु पादुकाको मन्दिर छ। यहाँ रहेको एउटा ढुङगामा भगवान विष्णुको पैतलाको चिन्ह रहेको विश्वास गरिन्छ । नेपालीहरूले यस मन्दिरलाई भारतको गया जतिकै पवित्र मान्ने गरेका छन्।
हिन्दुहरूको चार क्षेत्र मध्ये एक वराह क्षेत्र धरान नजिकै रहेको छ। कोशी टप्पु आरक्षण क्षेत्र पनि यहाँवाट नजिक रहेको छ। आधुनिक धरानमा भने सप्तरंगी पार्क, भानुमार्ग, सहिदपार्क आदि पनि हर्ेन सकिन्छ। शिक्षा क्षेत्रमा धरानको नाम कहलिएको छ। मेडिकल जनशक्ति उत्पादन गर्ने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, खाद्य विज्ञानको अध्यापन गर्ने नेपालको पहिलो क्याम्पस हातिसार क्याम्पस र कृषि इन्जिनियरीङ कलेजमा पढ्न देशका विभिन्न भागवाट विद्यार्थीहरू आएर धरानमा अध्ययनको लागि वसेका छन् । पुस २२ गते देखि धरानमा हुन लागेको महोत्सवले भने यहाका विविध क्षेत्रको जानकारी आदानप्रदान गर्ने अवसर जुटाउन लागेको छ।
यसैगरी समग्र चितवनको गौरव र गरिमामय प्रस्तुती भन्ने मुल नाराका साथ रत्ननगर महोत्सव हुन लागेको छ। यही पुस २७ गते देखि माघ ५ गतेसम्म रत्ननगरको टिकौलीमा महोत्सव हुन लागेको हो। महोत्सवमा कृषि मेला अर्न्तर्गत माछा र केरालाई विशेष रूपमा पर््रदर्शन गर्न लागिएको छ। सो क्षेत्रका पर्यटकीय गन्तव्यहरूको उद्देश्य सहित पर्यटन मेला पनि महोत्सवको दोश्रो विशेषताको रूपमा रहने छ।
महोत्सव मै विविध सांस्कृतिक कार्यक्रमहरू, अटो मेला, घरजग्गा मेला, सूचना प्रविधि मेला र शैक्षिक मेलालाई समेत समेटिने भएको छ। सोही अवसरमा राष्ट्रिय स्तरका व्यवसायिक सेमिनार समेत हुनेछ।
यसैगरी पुसको अन्तिम साता पश्चिम नेपाल महोत्सवमय हुने भएको छ। महोत्सव आयोजना हुन लागेका क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रचारमा कार्यक्रमहरू हुन लागेका हुन । यस अवधिमा तनँहुको माने भन्ज्याङ महोत्सव पुस २४ गतेदेखि ८ दिनसम्म चल्नेछ। टिकौलीमा रत्नगर महोत्सव पुस २७ गतेवाट सुरू हुने भएको छ। कास्कीको रूपाकोटमा पुस २८ देखि माघ २ गतेसम्म महोत्सव हुनेछ। माघ १ र २ गते म्याग्दीमा खाना महोत्सव हुनेछ। पोखरा नजिक रहेको आर्थरमा डाँडाखर्क महोत्सव माघ १ गते देखि ५ गते सम्म चल्नेछ। पोखराकै ढुङगेसाँघुमा माघे संक्रान्तिको भव्य मेला लाग्दैछ। पुस २२ गतेवाट दैलेख महोत्सव सुरू भएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।