Skip to main content

सडक दुर्घटना बढ्नुमा दोषी को ?

-चन्दन रौनियार
वीरगंज, २२ पुस । हाम्रो देशमा प्रायः दिनहुं सडक दुर्घटना हुने गरेको छ। यसरी हुने गरेको सडक दुर्घटनाबाट कयौंको ज्यान समेत जाने गरेको छ भने कतिपय घाइते भइ अस्पतालको शैय्यामा छटपटिनु परेको छ। यस्ता दुर्घटनाको शिकार ठूलाबडा मात्र होइन अबोध बालबालिकाहरू पनि बन्ने गरेका छन्। आखिरमा सडक दुर्घटना बढ्नुमा दोषी को त -
नेपालको कानून दैबले जानुन भन्ने उखान अहिलेको समयमा निकै सान्दर्भिक देखिएको छ। किनभने हाम्रो देशमा बनाइएका ट्राफिक सम्बन्धी नीति नियमको राम्रो तथा सही तरिकाले कार्यान्वयन हुन सकेको छैन। ट्राफिक नियमको पालना हुन नसक्दा सडक दुर्घटनामा बढोत्तरी आएको हो। ट्राफिक नियममा भनिएको छ कि तीब्र गतिले सवारीसाधनहरू नचलाउनु होला, मदिरा सेवन गरी सवारी नचलाउनु होला, ट्राफिक नियमको पालना समस्तले गर्नुहोला तर यी नियमहरू मान्ने चालक निकै कमै भेट्न सकिन्छ। अन्ततः किन मान्दैनन् ट्राफिक नियम चालकहरूले -
ट्राफिक व्यवस्थापन तथा ट्राफिक सम्बन्धी नियमको पालना गराउन खटाइएका ट्राफिक प्रहरीहरूले सही तरिकाले आप\mनो कर्तव्य गरेमा सडक दुर्घटनामा कमी आउने कुरामा दुइमत रहदैन । किनभने ट्राफिक प्रहरीको ड्युटी भनेको गुड्ने गरेको सवारीसाधनहरूको गति, चालक अनुमतिपत्र इत्यादी हर्ेर्नु हो। तर धेरै यस्ता ट्राफिक प्रहरी छन्, सवारीसाधन सम्बन्धी चाहिने कागजपत्र चेकजांच गर्नुसाटो कुनै पसलमा बसी ख्याल-ठट्टा वा मोबाइल फोनमा मग्न रहेको देखिन्छन्। कतिपयले त विभिन्न कारणहरू देखाइ सवारी चालकबाट रकम पनि संकलन गरेको देख्न पाइन्छ । यस्तो क्रियाकलापबाट नै बुझ्न सकिन्छ कि ट्राफिक प्रहरी आफनो कर्तव्यप्रति कति जिम्मेवार छन्। यदि सवारीसाधन चलाउने व्यक्ति, ट्राफिक प्रहरी तथा सर्वसाधारणहरू दुर्घटना कम गर्न आ-आप\mनो तर्फबाट गर्न सकिने सहयोग तथा सचेततालाई इमान्दारीका साथ पालन गर्न तर्फ अग्रसर हुने हो भने दुर्घटनालाई अवश्य कम गर्न सकिन्छ ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।