Skip to main content

१९५० को सन्धि पुनरावलोकन होइन, प्रतिस्थापन ः माओवादी

सीमा, तटबन्धलगायत समस्यामा कांग्रेस सहमत

काठमाडौं, माघ ४। एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य वर्षान पुनले सन् १९५० को शान्ति तथा मैत्री सम्बन्धको पुनरावलोकन होइन, प्रतिस्थापन आवश्यक भएको बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता पुनले आफ्नो पार्टी विगतका असमान सन्धिलाई नयाँ राजनीतिक सर्न्दर्भमा नयाँ सन्धि गर्ने पक्षमा रहेको बताए।

'भारतीय विदेश मन्त्री एसएम कृष्णाले विना कूटनीतिक भाषामा स्पष्ट आफ्ना कुरा सोझै राखेका छन्। हामीले पनि स्पष्ट रुपमा राखेका छौं,' उनले भने- तर, माओवादी आन्दोलन र नेपाली जनताको संवेदना डार्इभर्ट गर्न खोजेको होइन भने यसलाई हामीे सकारात्मक रुपमा लिन चाहन्छौं। भारतसँग हामीले सम्बन्धै चाहिँदैन भनेका होइनौं, समानताका आधारमा नयाँ ढंगले सम्बन्धलाई परिभाषित गर्न खोजेका हौं।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेता पुनले भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरले सेना समायोजनबारे स्पष्ट धारणा राख्नुपर्ने बताए। 'सेना समायोजनबारे विवादास्पद धारणा दिने भारतीय स्थल सेनाध्यक्ष दीपक कपुर नआएको भए हुन्थ्यो,' उनले भने- अब आउने नै भएपछि सेना समायोजनबारे स्पष्ट गर्नुपर्छ।

पुनले आफ्नो पार्टीको प्राथमिकता सरकारभन्दा पनि नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनता रहेको दाबी गरे। माओवादी सेना समायोजनको विपक्षमा नभएको उनको भनाइ थियो।  'शान्तिप्रति सबै इमानदार हुने हो भने सेना भर्ती र हतियार खरिद जरुरी छैन,' उनले भने- सेना समायोजन र संविधान कार्यतालिकअनुसार समयमै बन्नर्ुपर्छ भन्नेमा हामी स्पष्ट छौं।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले माओवादी नेताहरुले जुलुस लिएर सीमामा गएर सस्तो राजनीति गरेको आरोप लगाए। 'भारतसँग रहेका कालापानी, सुस्तालगायत सीमा, तटबन्धलगायत समस्या रहेको कुरामा हामी पनि सहमत छौं,' उनले भने- तर, त्यसलाई कूटनीतिक माध्यमबाट राजनीतिक स्तरमा समाधान खोज्नर्ुपर्छ।

उनले कांग्रेसको सरकार भारतले कहिले पनि नबनाएको र नढालेको बताए। 'यहाँको सरकार संसदले बनाउने हो, भारतले भनेर बन्ने र नबन्ने होइन, माओवादीले आफ्नो कमजोरी ढाकछोप गरेको मात्र हो,' उनले भने, 'सरकारमा रहँदा ठीक र बाहिरिएपछि हस्तक्षेप ठान्नु गलत हो।'

सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधन,  सीमा, तटबन्धका समस्या सडकको विषय नभएको उनको भनाइ थियो। उनले रेमिट्यान्स घटेको, भारतसँगको व्यापार घाटा वाषिर्क साढे २ खर्ब भएको र विदेशी मुद्राको संचिती घटेकाले मुलुकको अर्थतन्त्र धराशयी भएको बताए। उनले भने- माओवादीको आन्दोलन, मजदुरको बन्द, हडताल, चन्दा र वाइसिएलको आतंकका कारण उद्योगधन्दा बन्द छ। त्यसका कारण माओवादी गम्भीर नबन्ने हो भने मुलुकको अर्थतनत्त तहसनहस हुन्छ।

कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यक्षेत्र शान्ति र संविधान मात्र रहेकाले सरकार बनाउने र ढाल्न नसक्ने बताए। साथै उनले संयन्त्रमा स्थायी आमन्त्रित सदस्य रहन प्रधानमन्त्री माधवकुमार नेपाल तयार रहेको जनाउ पनि दिए। खाली भएको ठाउँमा सैनिक भर्ना नाजायज हुन नसक्ने उनको भनाइ थियो।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले माओवादी विभिन्न नामका आन्देालनमार्फ सके सरकारको नेतृत्व गर्ने नसके सम्मानजनक ढंगले सरकारमा सामेल हुने चाँजोपाँजो मिलाइरहेको आरोप लगाए। उनले भने- माओवादी आन्दोलन सरकारबाट बाहिरिनुपर्दाको छटपटी मात्र हो। भारतसँगको सम्बन्ध अन्ध राष्ट्रवाद र राष्ट्रिय आत्मर्समर्पणवादबाट ग्रसित भएकाले जनराष्ट्रवादका आधारमा नयाँ संविधान विकसित गर्नुपर्ने उनको धारणा थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।