Skip to main content

सुजाताको अभिब्यक्तिप्रति प्रधानमन्त्रीको आपत्ति

शशि कोइराला
काठमाडौं, १७ माघ। सरकार परिवर्तन आवश्यक भनी उपप्रधान एवम
परराष्ट्रमन्त्री सुजाता कोइरालाले दिएको अभिब्यक्तिप्रति प्रधानमन्त्री
माधवकुमार नेपालले आपत्ति प्रकट गर्नु भएको छ।
आज प्रधानमन्त्री एवम मन्त्री परिषदको कार्यालय सिंहदरदरवारमा बसेको
सरकारलाई र्समर्थन गर्ने प्रमुख १० दलको बैठकमा प्रधानमन्त्रीले त्यस्तो
आपत्ति प्रकट गर्ुन भएको छ।
बैठकमा राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ुयबहादुर थापाले
मन्त्री कोइरालाको अभिब्यक्तिलाई लिएर असन्तुष्टि प्रकट गर्दै जिम्मेवार
मन्त्रीले यसरी सडकमा फतुरे कुरा गर्दा सरकारको छवीमै असर पर्ने भन्दै
प्रधानमन्त्रीसँग असन्तुष्टि प्रकट गर्नु भएकेा थियो।
प्रतिउत्तरमा प्रधानमन्त्रीले भोली पुन बस्ने दश दलको बैठकमा आफूले यो
विषयमा गंभिर रुपमा काग्रेससँग कुरा राख्ने र मन्त्री कोइरालासँग पनि
स्पष्टिकरण लिने बताउनु भएकेा थापा ले जानकारी दिनु भयो।
काग्रेस कै तर्फाट सरकार परिवर्तनको चर्चा चलाईएको अवस्थामा काग्रेसबाटै
जिम्मेवार नेताहरु बैठक अनुपस्थित रहनुले सरकार परिवर्तनको विषय गंभिर
भएको अनुमान र्सवत्र गर्न थालिएको छ। यद्यपि अध्यक्ष थापाले सरकार
परिवर्तनको अवस्था नरहेपनि जनताको यस्ता अभिब्यक्तिले भ्रम सृजना हुने
भएकोले आफूले आपत्ति प्रकट गर्दै सचेत पार्न भनेको सञ्चारकर्मीसँगको
कुराकानीको क्रममा बताउनु भयो।
आजको बैठकमा जलबायू परिवर्तन संबन्धी नेपालको धारणा स्पष्ट पार्ने
विषयमा दश दलको धारणा स्पष्ट पारिएको राप्रपा अध्यक्ष पशुपति समसेर
राणाले जानकारी दिनु भयो। कोपेनहेगेन सम्मेलनको निर्ण्र्ााअनुसार आज
सम्ममा सबै राष्ट्रले जलबायू परिवर्तन संबन्धी धारणा स्पष्ट पार्नु पर्ने
समयावधी तोकिएको थियो। आजको बैठकमा भारतसँगको सुपर्ुदगी सन्धीलगायतका
विषयमा पनि अनौपचारिक कुराकानी भएको थियो। भोली बस्ने बैठकमा यी सबै
विषयहरुमा छलफल हुने बताईएको छ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।