रौतहट, ४ असार । हतियारसहित दुइजनालाइ प्रहरीले रौतहटबाट पक्राउ गरेको छ।
आज बिहान शिव मन्दिरमा भइरहेको विवाहको समारोहमा पोठीयाही-६ निवासी लालबाबु चौधरीका छोरा २३ वर्षीय छोरा मिष्टर राज भन्ने शैलेन्द्र कुमारगुप्तालाई १ थान पेस्तोलसहित प्रहरीले सुराकीको आधारमा पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।
यसैगरी आज बिहान रघुनाथपुर-४ निवासी २६ वर्षीय शेष सदरे आलमलाई प्रहरीले थ्रि फिप्टीन नलकटुवा बन्दूक र १ राउण्ड गोली सहित पक्राउ गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा राखेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment