वीरगंज, १४ असार । अज्ञात व्यक्तिको लाश मन्दिर नजिकै फालेको आरोपमा रिक्साचालकसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ।
गए राति १० बजे वीरगंज- १३ रानीघाट, अशोकवाटिका श्मशान नजिकै रहेको मन्दिरमा एक रिक्सा चालकले अज्ञात व्यक्तिको शव त्यही छाडेर जाने क्रममा मन्दिरका जोगी र स्थानीयवासीले रिक्सा चालकलाइ नियन्त्रणमा लिएको थियो।
घटनास्थलमा तत्काल प्रहरी पुगेरी रिक्सा चालक गोर्खा, देउराली ७ घर भएका बर्ष२२ को राजेश बहादुर सुनारलाई पक्राउ गरेको थियो ।
प्रहरीद्वारा सोधपुछको क्रममा रिक्साचालक सुनारले वीरगंज-१४ बस्ने राजेन्द्र हाडाको आदेश अनुसार आफूले सो कार्य गरेको बताए।
प्रहरीले राजेन्द्र हाडालाइ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
Comments
Post a Comment