Skip to main content

सिलवालको मृत्यु शंकाको घेरामा

वीरगंज, ४ असार। गत जेठ ९ गते राति हेटौडाबाट वीरगंजतर्फआउने क्रममा पल्लव सिलवालको मोटरसाइकल दर्ुघटनाबाट भएको मृत्यु शंकाको घेरामा परेको छ। 
वीरगंज-१० निवासी भूमिका इन्टरप्राइजेजका प्रोप्राइटर माधव सिलवालका छोरा पल्लव सिलवाल र स्थानीय व्यक्तिबीच भएको झगडाका सम्बन्धमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय, पर्साले जेठ ९ गते दिउंसो बोलाउंदा विपक्षीहरू उपस्थित भएका थिएनन्। 
हेटौडास्थित आफनो ससुराली घरबाट आप\mना साथी पानीटंकी निवासी रूपेश क्षेत्रीसंग ना११ प १२९२ नम्बरको मोटरसाइकलमा चढेर आफनो घर वीरगंजमा आइरहेका पल्लव सिलवाललाई राति ३ बजे प्रहरीले नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा बेहोस अवस्थामा ल्याइ पुर्‍याएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो भने मोटरसाइकल पछाडि बसेका उनको साथी रूपेश क्षेत्रीलाई कुनै चोटपटक लागेको थिएन। 
त्यतिखेर आप\mना नजिकका साथीहरूसंग रूपेश क्षेत्रीले मोटरसाइकल दर्ुघटना परवानीपुरमा भएको र आफूले पल्लवलाई उपचारको लागि ट्रकमा राखेर नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएको बताएका थिए। इलाका प्रहरी कार्यालय सिमराले मोटरसाइकल दर्ुघटना जीतपुरस्थित सैनिक वेस क्याम्प नजिक राति २ बजे भएको जानकारी गराएको थियो। 
दर्ुघटनाबाट पल्लवको मृत्यु भएपश्चात परिवारजनले उनीसंग गएका साथी रूपेश क्षेत्री र उनका परिवारका सदस्यहरूसंग सर्म्पर्क गर्दा आजसम्म सर्म्पर्क हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले रूपेश क्षेत्रीसंग पटक-पटक सर्म्पर्क गर्न खोज्दा पनि सकेको छैन। सो घटना भएको बेलादेखि आजका मितिसम्म रूपेश क्षेत्री वीरगंजबाट फरार रहेको बुझिएको छ। 
दर्ुघटनामा परी मृत्यु भएका पल्लव सिलवालको साथमा रहेको दुइ वटा मोवाइल ९८०४२७५१२० र ९७४५००४९५३ मध्ये ९७४५००४९५३ को मोबाइल सीम पथलैयाका स्थानीय बासिन्दा रामजी ढुंगेलले पथलैयामै फेला पारेका थिए भने मोबाइल सेट, मोटरसाइकलको हेलमेट र ब्लुबुक समेत अझसम्म फेला परेको छैन। 
मोबाइल नं. ९८०४२७५१२० रहेको मोबाइल सेट रूपेश क्षेत्रीसंगै भएको बुझिएको छ। दर्ुघटनामा परेको मोटरसाइकल ना ११ प १२९२ लिन इलाका प्रहरी कार्यालय सिमरामा पुगेका परिवारजनले मोटरसाइकल प्रहरीको कार्यालयको यार्डमा नदेखेपछि सोध्दा सो मोटरसाइकल चढेर एकाउन्टेन्ट बाहिर गएको प्रहरीले बताएको थियो। सो मोटरसाइकल परिवारजनलाई इलाका प्रहरी कार्यालय सिमराले आजका मितिसम्म बुझाएको छैन। 
एक विशेष स्रोतले पल्लव सिलवालका साथी भनिएका रूपेश क्षेत्री सन्देहस्पद व्यक्ति रहेको जनाएको छ। प्रहरीले दिएको जानकारी, दर्ुघटनाका बारेमा तत्काल रूपेश क्षेत्रीले बताएको कुरा, राति २ बजे दर्ुघटना भएको सर्न्दर्भलाई केलाउंदा विभिन्न शंकाहरू उब्जिएका छन्। 
मोटरसाइकल दर्ुघटनाबाट पल्लवको मृत्यु भएको हो वा षडयन्त्र र अन्य कारणबाट मृत्यु भएको हो सो सम्बन्धमा गहिरो अनुसन्धान जारी गरी यथार्थ र्सवाजनिक गर्ने कर्तव्य प्रहरीको हो र परिवारजनले यही कुराको मांग गरिरहेका छन्।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।