वीरगंज, ४ असार । भंसार क्षेत्र सुधारको लागि संघर्षरत समितिले विभिन्न ७ बुंदे मांग राख्दै अनिश्चितकालीन हडतालमा उत्रिएपछि नेपालको प्रमुख नाका वीरगंज भंसारमा आयात-निर्यात ठप्प भएको छ।
आज बिहानदेखि भंसार एरिया सुधार संघर्ष समितिले मुख्य सडकमै टेन्ट लगाएर धर्ना दिनुको साथै सडकमा टायर बालेर बाटो अवरुद्ध गरेका छन्।
समितिले बुझाएको ज्ञापनपत्रको कुनै सुनवाइ नभएको विरोधमा अनिश्चितकालीन चक्काजाममा उत्रेका हुन्।
Comments
Post a Comment