काठमाडौं, ४ असार । उर्जामन्त्री डा.प्रकाशशरण महतले लोडसेडिङ सदाका लागि अन्त गर्न अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम शुरु गर्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै ऊर्जा आयात गरेर भएपनि देशलाई लोडसेडिङ मुक्त बनाउने बताए।
ऊर्जा संकट सदाका लागि अन्त गर्न योजनावद्ध कार्यक्रम ल्याउँछु, मन्त्री महतले भने, ऊर्जा आयात गरेरै भएपनि लोडसेडिङ हुन नदिने नीति ल्याइदैछ। देशको अर्थतन्त्र सुदृढ बनाउन ऊर्जा प्रमुख भएको भन्दै सरकार बढीभन्दा बढी ऊर्जा निकाल्न लागिपर्ने बताए। स्वदेशी र विदेशी लगानीलाई उत्तिकै प्राथमिकतामा राखिने उनको भनाई थियो। ठूला आयोजनामा वदेशी लगानी आवश्यक पर्ने भएकाले लगानीमैत्रीको वातावरण बनाइने बताए। लगानी आकर्षाका लागि आवश्यक कानुन तर्जुमा गरिने बताउदै भने, शान्तिसुरक्षाको वातावरण सुदृढ गरेर लगानी सुरक्षाको सुनिश्चितता गरिनेछ।
Comments
Post a Comment