वीरगंज, ४ असार । एसियामा नै बलिको लागि प्रसिद्धी कमाएको गढीमाइ मेलाको लागि धार्मिक अनुष्ठान अनुसार तान्त्रिक पूजाआजा सुरु भएको छ। तान्त्रिकले सो मन्दिर रहेको गाउं बरियारपुरलाइ चामलले बांधेर पूजा गरेको पूजारी प्रेम चौधरीले जानकारी गराएका छन्। मेलामा बाधा व्यवधान नहोस् भनेर तान्त्रिक पूजा गरिएको हो ।
आउने मंसिरमा लाग्ने सो मेला प्रत्येक ५ वर्षमा लाग्ने गरिन्छ भने विश्वमा नै सबैभन्दा बढी पशु बलि दिइने गरिन्छ। गत २०६१ मा सम्पन्न मेलामा ५० लाख भन्दा बढी भक्तजन दर्शन गरेको आयोजकले जनाएको छ ।
आउने मंसिरमा लाग्ने सो मेला प्रत्येक ५ वर्षमा लाग्ने गरिन्छ भने विश्वमा नै सबैभन्दा बढी पशु बलि दिइने गरिन्छ। गत २०६१ मा सम्पन्न मेलामा ५० लाख भन्दा बढी भक्तजन दर्शन गरेको आयोजकले जनाएको छ ।
Comments
Post a Comment