धनुषा, १२ असार । गत असार ५ गते धनुषाको इनरवा-३ मल्हनिया टोलमा रहेको श्रीराम जानकी मन्दिरबाट हराएको देवताको मूर्ति फेला परेको छ।
आज बिहान कमला नदीको बगरमा रातो कपडाले बेरिएर फालेेको अवस्थामा चोरी भएको भगवान राम, जानकी, लक्ष्मण र गोपालको मूर्ति फेला परेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
Comments
Post a Comment