काठमाडौं, ४ असार । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तका नेपालस्थित प्रतिनिधि रिचर्ड बेनेट ले आज सशस्त्र प्रहरी बलको मानवअधिकारसम्बन्धी हातेपुस्तिकाको विमोचन कार्यक्रममा सम्बोधन गर्नुहुंदै द्वन्द्वबाट पार पाइरहेको र लोकतन्त्रलाई सबल बनाउने प्रक्रियाबाट गुज्रिरहेको नेपालका लागि एक चुनौतीपूर्ण समयमा भएको बताउनुभयो। उहांले जवाफदेहीताको संस्कृतिद्वारा दृढ रूपमा समर्थित कानुनी शासन सफल रूपान्तरण तथा दिगो शान्तिका लागि महत्त्वपूर्ण छ। जनताका आवश्यकतालाई सम्बोधन गर्ने र उनीहरूप्रति जवाफदेही रहने दक्ष, निष्पक्ष तथा व्यावसायिक प्रहरी बल कानुनी शासनको सबलीकरण तथा मानवअधिकारको संरक्षणका लागि आवश्यक हुन्छ भन्नुभयो । वेननेटले आमजनताको सेवा गर्न प्रहरीले मानवअधिकारप्रति प्रतिबद्धता दर्शाउनु आवश्यक छ। उनीहरू जवाफदेही हुनु पनि आवश्यक छ। सर्वसाधारणले प्रहरीका जिम्मेवारीहरू र ती कसरी पूरा गरिँदैछन् भन्ने बुझ्नु आवश्यक छ। प्रहरीका कार्यविधिहरू पारदर्शी हुनुपर्दछ। साथै, प्रहरीका निम्ति प्रभावकारी रेख-देख गर्न आन्तरिक तथा बाह्य दुवै संयन्त्र हुनुपर्दछ। आफूले सेवा गर्ने समुदायमा उपस्थित हुने, धरातलीय मुद्दाहरूबारे जान्ने तथा विभिन्न पृष्ठभूमि, जातजाति तथा राजनीतिक आबद्धताका मानिसलाई सहयोग गर्न तत्पर रहने प्रहरीका प्रयासबाट उच्चायुक्तको कार्यालय प्रोत्साहित भएको समेत बताउनुभयो ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment