रौतहट, २६ असार । महेन्द्र राजमार्गको चपुर नजिकै अज्ञात लुटेरा समूहले एक ट्रकचालकलाइ लुटपाट गर्नुका साथै गोली प्रहार गरेर गम्भीर घाइते बनाएको छ।
गए राति चन्द्रनिगाहपुरबाट रड अनलोड गरी वीरगंजतर्फ गइरहेको ना१क २३११ नं.को ट्रकमा राजमार्ग नजिकैबाट चढेका ३ जना अज्ञात व्यक्तिहरुले चालक रमेश चौधरीलाई गोली हानी घाइते बनाउनुको साथै करिब १ लाख ५० हजार नगद लुटेर फरार भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
Comments
Post a Comment