Skip to main content

पागलप्रेमीद्वारा सलमामाथि झन्डै प्रहार

काठमाडौं। टेलिभिजनसँग सम्बन्धित महिला पत्रकारलाई एकतर्फी मन पराएबापत अहिले एकजना पागलप्रेमी हनुमानढोकामा थुनिएका छन्। 'बिहे गर्दिनँ' भन्दा पनि 'तिमीविना म मरिहाल्छु' भनेर मरिहत्ते गर्ने ती पागलप्रेमीले हिजो बिहान आफ्नी 'प्रेमिका' लाई भेट्न बोलाउँदा हनुमानढोकाको वास भएको हो। पर्साको पोखरिया घर भई हाल नेपाल वान् टेलिभिजनमा काम गर्ने सलमा खातुनलाई साढे दुई वर्षदेखि बिहे गर्छु भन्दै हिँडेका एकजना दलित (चमार) युवक आफ्नै मति बिग्रँदा हनुमानढोकामा थुनिएका हुन्। सलमालाई रुचाउने र पाउनका लागि जेसुकै गर्न तयार हुने युवक हुन्, सप्तरीका कसिन्द्र राम अर्थात्, अनुराग। कसिन्द्रले हिजो बिहान ११ बजे सलमालाई भेट्न गौशाला चोकमा बोलाएका थिए। साढे ११ बजे सलमा गौशाला पुगिन्। उनीसित त्यसवेला केही प्रहरी र नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य यशोदा तिम्सिना पनि थिइन्। कसिन्द्रले सोचेकै थिएनन्, आफूले मन पराएर भेट्न बोलाएकी 'प्रेमिका' ले पुलिस र पत्रकारको नेता लिएर आउलिन् भनेर। देख्नासाथ कसिन्द्र नर्भस भए। उनले हातमा एउटा बोतल बोकेका थिए, जो अरूले नदेख्नेगरी हात पछाडि पारेर लुकाएका थिए।
सलमासित पुलिस पनि देखेपछि कसिन्द्रको हातको त्यो सामान अकस्मात भुइँमा झर्योी। के रहेछ भनी हेर्दा त्यसमा एसिड रहेछ। अब प्रहरीलाई अर्को के नै प्रमाण चाहियो र? सरासर लिएर गए, हनुमानढोका। हनुमानढोकाको कम्पाउन्डमा गाडीबाट झारेर प्रहरीहरूले कसिन्द्रलाई एकतला माथि लैजाँदै थिए, कसिन्द्रको पाइन्टको खल्तीबाट एउटा ब्लेड भुँइमा झर्योा। यसबीच सलमाले कसिन्द्रलाई अनेकौँ गाली गरिरहेकी थिइन्। उनीहरूको कथा साढे दुई वर्षअघि वीरगन्जबाटै सुरु भएको रहेछ। पुल्चोकको इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमाको अध्ययन सिध्याएर वीरगन्जको बिआइटी कलेजमा पढाउन थालेका थिए, कसिन्द्रले। सलमा भने सोही कलेजकी विद्यार्थी थिइन्। त्यसबाहेक सलमा स्थानीय इन्द्रेणी एफएममा काम गर्न थालेकी थिइन्। एउटा कार्यक्रमको सिलसिलामा कसिन्द्र र सलमाबीच कुरा गर्ने बहाना निस्कियो। कसिन्द्रले पहिलो भेटमै सलमालाई 'आई लभ यू, आई वान्ट यू...' भनेर कुरा सुरु गरे। सलमा कट्टर मुस्लिम परिवारकी, कसिन्द्र तथाकथित तल्लो जात भनिने चमार (दलित)। सलमाले कसिन्द्रको प्रस्तावलाई अस्वीकार मात्रै गरिनन्, आइन्दा यस्तो कुरा नगर्नू भनिन्। तर, सलमालाई चाहने कसिन्द्रले कहिले फोन गरेर बिहे गरौँ भन्ने, कहिले नबोलाएको ठाउँमा आफैँ आएर बिहे गर्छु भन्नेजस्ता कुरा थाले। अनेक गरिन्, कसैगरी पनि सलमाले कसिन्द्रलाई पन्छाउन सकिनन्। सलमाले आफ्नो कुरा नमानेपछि एकदिन कसिन्द्रले सलमालाई फोन गरेर 'तिमीलाई पाउनका लागि म जेसुकै गर्न तयार छु' भनी धम्क्याए। सलमाले पनि 'तैंले जे गरे पनि म तेरो हुन्न, मेरो परिवारले पनि तँलाई मन पराउँदैन' भनेर जवाफ फर्काइन्। सलमाका अनुसार कसिन्द्रले आफूलाई धेरैचोटि अपहरण प्रयास गरे, तर सकेनन्। त्यसपछि कसिन्द्र हतियारधारी समूह मधेसी मुक्ति टाइगर्समा काम गर्न थाले। उद्देश्य थियो, सलमासित 'बदला' लिने। मधेसी मुक्ति टाइगर्सको बारा–पर्सा इन्चार्ज बनेर उनले धेरैचोटि सलमालाई फोनमा धम्क्याए। उनको भूमिगत नाम थियो, कञ्चन विद्रोही। कञ्चन बनेर सलमालाई फोन गर्दा उनले भनेका थिए, 'म त अन्डरग्राउन्ड छु, तिमीलाई मारे पनि मलाई कानुन लाग्दैन, म त भागेर इन्डियामा लुक्न सक्छु, तर यदि मसित बिहे गर्छ्यौ भने म यो सब छाडिदिन्छु...!' आफूलाई मनै नपरेको मान्छेले यसरी छिन–छिनमा फोन गरेर धम्क्याउन थालेपछि सलमाले सुरक्षाका लागि वीरगन्ज छाडिन् र काठमाडौं बस्न थालिन्। आठ महिना भयो, सलमाले नेपाल वान् टेलिभिजनमा काम गर्न थालेको। जब सलमा काठमाडौं बसेर नेपाल वान् टेलिभिजनमा काम गरेको कसिन्द्रले चाल पाए, उनी पनि काठमाडौं नै आए। कहिले धम्क्याउने, कहिले फकाउने क्रम चलिनै रह्यो। उनको नियत राम्रो नदेखेर सलमाले पत्रकार महासंघमा पनि उजुरी हालिन्। पत्रकार महासंघकी महिला विभाग प्रमुख यशोदाको पहलमा कसिन्द्र–सलमाको भेट गौशालामा गराउने र प्रहरीलाई बुझाउने योजना बनेको थियो।
कसिन्द्रले सलमा आफ्नो प्रेमिका भएको बताएका छन्। हनुमानढोकाको हिरासतमै रहँदा उनले हिजो जनआस्थासित भने, 'मैले लभ गरेर गल्ती गरेछु, अब म लभसब गर्दिनँ।' उनले भने, 'वीरगन्जमा त हामी कत्ति घुम्न जान्थ्यौँ, होटलमा खान्थ्यौँ, फिल्म हेर्थ्यौं।' उनले सलमाको परिवारले आफूलाई दलित भएको कारण छाड्न दबाब दिएपछि उनी टाढा भएको बताएका छन्। उनको कुरागराइबाट उनको दिमागी सन्तुलनमा गड्बडी आएको प्रस्टै बुझिन्थ्यो। 'उसले त मलाई अहिले पनि भित्र मनमा माया गरेकी छ, नपत्याए एक्लैमा सोध्नू न,' कसिन्द्रले भने। एसिड र ब्लेड बोकेर आएको बारे सोध्दा उनले भने, 'डराएपछि मेरो नजिक हुन्छ, नजिक भएपछि एसिड पनि फाल्थेँ, ब्लेड पनि फाल्थेँ...।'- साभार- जनआस्था साप्ताहिक

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...