Skip to main content

बागमतीको लागि १४ अर्ब बजेट

भक्तपुर ८ भदौ । नेपाल सरकारले बागमती कार्ययोजना साचालनक गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको साउन २७ गते बसेको बैठकले उपत्यकाक नदी प्रणाली बिकासको आधारभुत दस्ताबेजको रुपमा सो बाग्मती कार्ययोजना स्वीकृत गरिएको बागमती सभ्यता बिकास समितीका अध्यक्ष महेश बहादुर बस्नेतले सामेबार आयोजित जलपान कार्यक्रमको औपचारिका कार्यक्रममा पत्रकारहरुलाई बताएका हुन ।

बस्नेत माधब नेपाल नामको मानिस नेपालको प्रधानमन्त्री भए पछि समितिमा अध्यक्ष भएर आएका हुन । यो नै उनको समितको अध्यक्षको हैसियतमा पत्रकारहरुसंगको पहिलो भेट हो । सरकारले २०७१ सालसम्मको सो कार्ययोजनको लागि छुट्टाएको १४ अर्ब १७ करोड दिने भएको कुरा जानकारी गराएउन जलपान आयोजना गरिएको थियो । ललितपुरको होटेल हिमालयमा आयोजित कार्यक्रममा बाताबरण पत्रकारहरुको उपस्थिति थियो । अब्दुल मियाँ पिताम्वर सिग्देल नागरीक दैनिककाा श्याम भट्ट आदि पत्रकारहरु जलपानमा सामेल भए ।

समितीले यस बर्ष मीनभवनमा र शंखमुल क्षेत्रमा भौतिक पुर्वाधार निमार्ण गर्न बोलपत्र आह्वान गर्ने जानकारी गराएको छ । बागमतीको सहायका नदीहरु मध्ये मनोहरा नख्खु र हनुमान्तेलाई ढल रहित नदी बनाउने कार्यक्रम समितीको रहेको छ ।

प्रस्ताबित योजनामा बागमती नदीलाइ छ क्षेत्रमा बर्गीकरण गरी खर्च गरिनेछ । यसरी नदीलाई प्राकृतिक क्षेत्र ग्रामीण क्षेत्र नगरोन्मुख क्षेत्र सहरी क्षेत्र तल्लो तटीय क्षेत्र र अन्तर निकाय क्षेत्र पनि नामाकरण गरिएको छ । बागमती नदीमा कार्यरत संघस्ास्थाहरुलाई एकत्रित गर्ने लक्ष्य पनि आयोजनाको रहेको छ । - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...