बहराइन २२ भदौ । नेपाली जनप्रगतिशिल माच बहराइनले एकिकृत नेकपा माओबादीद्वारा घोषित संयुक्त राष्ट्रिय जन आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। वर्तमान नपुसंक खिचडी सरकार निर्माणलाई प्रमुख मुद्दा बनाई सडक आन्दोलनमा उत्रिएको संविधान सभाको ठुलो दलको मागलाई संम्बोधन गर्नुको साटो झनै अव्यबस्था फस्टाउदै गएको प्रति आक्रोश व्यक्त गर्दै यो असंवैधानिक सरकार प्रति खेद व्यक्त मंचका अध्यक्ष अर्जुन धमलाले प्रेस विज्ञप्तिमार्फत गरेका छन्।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment