वीरगंज २४ भदौ । मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले हिन्दी भाषा मधेशको राष्ट्रभाषा रहेको दाबी गरेका छन्।
आज वीरगंज नगरसभागृहमा मधेशी जन अधिकार फोरम नेपाल पर्सा वीरगंजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै यादवले हिन्दी भाषा बिना मधेश र मधेशीको पहिचान नहुने ठहर गरेका छन्।
उनले अब तेश्रो आन्दोलनको तयारी गरिरहेको बताउंदै
सरकारले विशेष सुरक्षुको नाममा मधेशीहरुमाथि दमन गर्न प्रयास गरिरहेको आरोप लगाए।
राजेन्द्र महतो महन्थ ठाकुर गिरिजाप्रसाद कोइराला लगायत २२ दलको दबाबमा सर्वोच्च अदालतले हिन्दी भाषा असंवैधानिक रहेको ठहर गरेको आरोप यादवले लगाएका छन्।
Comments
Post a Comment