वीरगंज, २४ भदौ । ठाकुर राम क्याम्पस बीएड तेश्रो वर्षमा अध्ययनरत
विद्यार्थी अमितकुमार यादव अपहरित भएपछि पीडित परिवार तथा स्वतन्त्र
विद्यार्थी युनियनले आज वीरगंजमा एक पत्रकार सम्मेलन गरी जानकारी गराएको
छ।
गत भदौ २२ गते होटल भिस्वा नजिकैबाट कालो रंगको पल्सर मोटरसाइकलमा आएका
दुईजना हतियारधारी व्यक्तिले अमितकुमार यादवलाई अपहरण गरेर लगेको पत्रकार
सम्मेलनमा राकेश यादवले बताए।
सिसौटीया वडा नं। ९ सर्लाही निवासी हाल ठाराब क्याम्पसमा अध्ययनरत
अमितकुमारको अबिलम्ब रिहाइको मांग युनियनका राकेश यादव र मुकेश
द्विवेदीले गरेका छन्। अपहरित यादवको यथाशीघ्र रिहाइ नभए कडा आन्दोलन
गर्ने चेतावनी समेत दिएका छन्।

Comments
Post a Comment