Skip to main content

नेपालको लागि बिशाखापटनम बन्दरगाह खुला हुने

वीरगंज २२ भाद्र। वीरगंज उद्योग वाणिज्य संघको सकि्रयतामा बिशाखापटनम बन्दरगाहको प्रयोग सम्बन्धी अन्तरकि्रया वीउवासंघका अध्यक्ष ओमप्रकाश सिकरियाको अध्यक्षता तथा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरद विक्रम राणाको प्रमुख आतिथ्यमा आज एक समारोह बीच संघको कार्यकक्षमा सम्पन्न भयो।

उक्त अवसरमा संघका अध्यक्ष ओमप्रकाश सिकरियाले स्वागत मन्तव्य व्यक्त गर्दै कोलकाता पोर्ट सरकारी एजेन्सीले संचालन गर्ने भएकोले त्यहां अनेक ढिलासुस्ती हुने गरेको छ जसको कारण नेपाली आयातकर्ता र निर्यातकर्ताहरुले चर्को विलम्ब शुल्कहरु तिर्ने अवस्था सृजना भइरहेको छ। जबकि बिशाखापटनम बन्दरगाहलाई एक निजी क्षेत्रको कम्पनीले संचालन गरिरहेकोले त्यहां कुनै विलम्ब शुल्क तिर्ने अवस्था सृजना नहुने विश्वास टर्मिनल व्यवस्था कम्पनीले दिलाएकोबाट यस पोर्टको संचालनले स्वदेशी आयात निर्यातकर्ता लाभान्वित हुने बताए।

भारत-नेपाल अन्तर सरकारी बैठकमा भारतले सिद्धान्ततः नेपाललाई निकासी पैठारीको लागि कोलकाता बन्दरगाहको अलावा बिशाखापटनम बन्दरगाह समेत उपलब्ध गराउन सहमत भएको छ। यस सहमतिलाई कार्यरुपमा परिणत गर्न वीउवासंघले आपुनो कार्यकक्षमा एक विचार गोष्ठीको आयोजना गरेको हो। यस गोष्ठीमा बिशाखापटनम टर्मिनल व्यवस्थापन कम्पनीका प्रमुख क्याप्टेन श्रीराम रविचन्द्र र अन्य पदाधिकारीले बिशाखापटनम बन्दरगाहले उपलब्ध गराउने सेवा सुविधाबारे विस्तृत रुपमा सहभागीहरुलाई जानकारी गराएका थिए।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल इन्टरमोडलका कार्यकारी निर्देशकले कोलकाता पोर्ट र बिशाखापटनम पोर्टले उपलब्ध गराउने सेवा बारे तुलनात्मक रुपमा जानकारी गराउनुभएको थियो।

सोही अवसरमा संघका नि।अध्यक्ष गणेश लाठ उपाध्यक्ष अशोक बैध सचिव पिताम्बर मुन्का अरविन्द खेतान आर।बि। रौनियार अनिल पटवारी वीरगंज भन्सार कार्यालयका प्रमुख केवल भण्डारी हिमालयन टर्मिनलका प्रमुख सुमन्त बेहरा नेपाल प्रुेड एण्ड फरवार्ड एशोसिएशनका अध्यक्ष रामेश्वर के।सी। लगायतका सहभागीहरुले बिशाखापटनमले प्रदान गर्ने सेवाका सम्बन्धमा आ-आपुना जिज्ञासाहरु राखेका थिए। सहभागीहरुका जिज्ञासाको जवाफ क्याप्टेन रवि सुशिलमूलचन्दानीले दिएका थिए।

धन्यवाद मन्तव्य व्यक्त गर्दै संघका बरिष्ठ उपाध्यक्ष अशोक टेमानीले कोलकाता बन्दरगाहमा नेपाली आयात निर्यातकर्ताहरुले भोग्नु परिरहेको समस्या र चुनौती बिशाखापटनम पोर्ट संचालनमा आए पछि दोहरिन नहुने तर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए। भने कार्यक्रम संचालन मनोज उपाध्यायले गरेका थिए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...