वीरगंज, २४ भदौ । ९६ औं बीपी जयन्तीको उपलक्ष्यमा नेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्रले आज संविधानसभामा श्रमिकहरुको एजेण्डा विषयक विचार गोष्ठी सम्पन्न गरेको छ।
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्दै श्रमिकहरुको संविधानमा प्रतिनिधित्व हुनुपर्ने कुरामा जोड दिएका थिए।
वीरगंजको गहवामाइ अतिथि सदनको सभाकक्षमा सम्पन्न सो कार्यक्रममा सभासद अजय द्विवेदी अजय चौरसियालगायतले मन्तव्य राखेका थिए।
Comments
Post a Comment