सानालाइ ऐन ठूलालाई चैन- वीरगंजको नगरमा हेलमेट नलगाइ मोटरसाइकल गुडाउंदै एक ट्राफिक प्रहरी ।
वीरगंज २२ भदौ । मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जिल्लामा कार्यरत विभिन्न ट्राफिक प्रहरीहरुलाइ क्षेत्रीय कार्यालयमा फिर्ता बोलाउन थालेको समाचार प्राप्त भएको छ। क्षेत्रीय कार्यालय प्रमुख ट्राफिक प्रहरी नायब उपरीक्षक उमा शंकर पंजियारले क्षेत्र अन्तर्गतका जिल्ला ट्राफिक प्रहरी कार्यालयले मांगेको घुस रकम दिन नमानेपछि जिल्लाबाट ट्राफिक जवानदेखि सहायक निरीक्षकसमेतलाइ हेरफेर गर्न थालेको छ।
एक ट्राफिक प्रहरी निरीक्षँक अनुसार दशैं नजिकिदै गरेको बेला क्षेत्रीय प्रमुख पंजियारले प्रत्येक जिल्लाका ट्राफिक कार्यालयसंग १० देखि १५ हजार रकम मांग गरेको छ। पंजियारको हस्तक्षेपका कारण आफूहरुलाई काम गर्न अप्ठेरो परेको ट्राफिक प्रहरीहरुले बताएका छन्।
Comments
Post a Comment