भक्तपुर, २२ कार्तिक। राष्ट्रसंघले प्रदूषण न्यूनिकरण गर्न पलुसन अर्थात प्रदूषण गराउने तत्वहरुलाई जरिवाना गराउन नीति लिएको छ। यसलाई पलुटर पे भनेर भनिएको छ। नेपालमा पनि उच्चस्तरीय कर्माचारीहरु यसको पक्षमा भए पनि फितलो जटिल प्रक्रियाको कारण यसलाई कानुनी मान्यता दिन सकिएको छैन। भक्तपुर बिश्व सम्पदा सूचीमा परेको दरवार क्षेत्रको वातावरणलाई यो नियम लागू गर्न टडकारो महसुस गरिएको छ। यहा“ छाडा रुपमा गुड्ने नगरपालिका कर्माचारीका सवारी साधन, स्थानीयबासीका चर्को आवाज निकाल्ने आधुनिक सवारीहरुले यहा“ असहज वातावरण बिकसित ह“ुदै गएको छ।
यिनको नियन्त्रण नह“ुदा देशबिदेशबाट प्रवेश टिकट काटेर आएका पर्यटकहरु अन्यायमा परेका छन्। उनीहरुलाई न्याय दिन लोकल बासिन्दाहरुको सवारी साधन निरुत्साहित गर्न पलुटर पे कर संकलन गर्न आवश्यक छ। हाल छ जना कर्माचारीहरु सवारी रोक्न खटेका छन्। मौखिक अनुरोधलाई साथ दिन करको नीति आवश्यक छ। कर लिने भए पछि अवश्य नै सवारीहरुले पर्यटकीय गन्तब्यमा प्रदूषण गर्ने हिम्मत गर्ने थिएन। यसबाट पर्यटकहरुले आनन्दका साथ बिश्वसम्पदाको अवलोकन गर्न सक्नेछ।
तर हालै भक्तपुर नगरपालिको निमन्त्रणामा आएका चिनका छ सदस्य प्रतिनिधिको टोली पार्किङ निषेध गरिएको भक्तपुर नगरपालिका परिसर र दत्तात्रयमा बा १ प ६२३ र बा २ च ६०४९ नम्वरका सवारीहरु पार्किङ गरिएका थिए। नगरपालिका पर्यटक गाइड प्रमुख समेत रहेका गौतमप्रसाद लासिवाले यी पर्यटकहरुलाई प्रदूषण फैलाउने सवारी साधनबाट भक्तपुर घुमाएका थिए। यसबाट नपाका कर्माचारी नै प्रदूषण फैलाउनमा जिम्मेवार रहेको स्पष्ट हुन्छ। बिदेशीले नगरपालिकालेको जिम्मामा रहेको सडकको फोहर संंकलन दायित्व पुरा नगरेको कुरा नदेखोस् भनि सवारीबाटै भ्रमण गराएका थिए। रत्नभवन, गोमारी गणेश लगायतका सहरका मुलसडक छेउमा त्यस दिन फोहर थुपारिएको थियो। यो दृश्य अतिथिले नहेरुन् भन्ने चाहने राखे पनि मास्क लाएर उनीहरुले भक्तपुर घुमे। - रविन राचलिका हरीत समूह भक्तपुर
Comments
Post a Comment