वीरगंज, ७ पुष। कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगंजका
क्षेत्रीय प्रबन्धक विष्णु पौडेलले सरकारद्वारा कृषकको सुविधालाई ध्यानमा
राखी सहकारी संस्थामार्फ सुपथ मूल्यमा बिक्री गर्न दिएको मल अनाधिकृत
रूपमा बिक्री गरि भ्रष्टाचार गरिरहेको बुझिन आएको छ।
सरकारले भारत, चीन एवं डेनमार्कबाट महंगो मूल्यमा खरिद गरी कृषकहरूको
सुविधालाई ध्यानमा राखी सस्तो मूल्यमा सहकारी संस्थामार्फ मल बिक्री गर्न
कृषि सामग्री कम्पनीलाई जिम्मा दिएकोमा वीरगंजका क्षेत्रीय प्रबन्धक
पौडेलले कमिशनको आडमा निर्धारित क्षेत्रभन्दा बाहिरका व्यापारीहरूलाई सो
मल बिक्री गरिरहेको भरपर्दो स्रोतबाट बुझिन आएको छ।
सोही स्रोतका अनुसार बारा, पर्सामा रहेका सहकारी संस्थाहरुमध्ये
प्रत्येक सहकारी संस्थालाई मासिक २ सय बोरा मल बिक्रीका लागि दिनुपर्ने
प्रावधान रहेकोमा क्षेत्रीय प्रबन्धक पौडेलले नारायणघाट, चितवन, पोखरा,
काठमाडौंका व्यापारीहरूलाई सो मल बिक्री गरिरहेको भरपर्दो स्रोतले जनाएको
छ ।
प्रबन्धक पौडेलले गोदाममा लोड-अनलोड गर्दा झरेपडेका मल काम नलाग्ने
रहेतापनि रर्ेकर्डमा नोक्सानी भएको देखाएर स्थानीय व्यापारीहरूलाई भने
झरेपडेकै मलहरू रिप्याकिङ गरी बिक्री गरिरहेको समेत गुनासो उठेको छ।
यसरी कृषि सामग्री कम्पनीबाट सहकारी संस्थाको आडमा मल खरिद गर्ने
बारा-पर्साभन्दा बाहिरका व्यापारीहरूले उक्त मल राजस्व नियन्त्रण इकाई
कार्यालय पथलैया, बारालाई मिलाई गन्तव्यसम्म लाने गरेको सोही स्रोतको
भनाइ छ।
सरकारले आम कृषकहरूको सुविधालाई ध्यानमा राखी मल बिक्री पर््रवर्द्धन
मिलाएको फाइदा लुट्न थालेका क्ष्ँेत्रीय प्रबन्धक पौडेलले कृषक सुविधाको
आडमा अनाधिकृत रूपबाट निकै धन कमाइसकेको बताइदैछ।

Ha ha ha..........Ani karwahi bhayo ta tyo bajjya lai
ReplyDelete