Skip to main content

एनआएएन मलेसिया द्धारा पत्रकार सम्लेन

सुन्दर आले, मलेसिया
क्वालालम्पुर/दुइ हप्ता अघि मलेसियन उच्च अदालतले ड्रक्स केशमा समातिएका दुइ नेपालीलाई सुनाएको मृत्यु दण्डमा एनआरएनको भुमिका र एनआरएनको चोथौ विश्व सम्मेलन काठमाडौमा मलेसियको एनसीसीले प्रस्तुत गरेका विवरण गत बुधबार पत्रकार सम्मेलन गरि र्सार्वजनिक गरेको छ।
आफ्नै कार्यालयमा भएको पत्रकार सम्मेलनमा एनआरएनले ६ बर्षअघि क्वालालम्पुर शहरस्थित् ड्रक्स केशमा समातिएका दर्ुइ नेपालीलाई दुइ हप्ता अघि मलेसियन उच्च अदालतले सुनाएको मृत्युदण्ड कुटनीतिक नियोग मार्फत पहल गरी अन्य कुनै बिकल्पको खोजि गर्न अदालत समक्ष आग्रह गर्न र राजदुतावास हुदै नेपाल सरकारले मलेसियन सरकारलाई अनुरोध गर्न मंगलबार दुतावास पुगेर पहल गरेको महासचिब विश्व र्राईले बताउनु भएको छ।
चौथौ विश्व सम्मेलनमा मलेसियाका समस्याहरुको बुदागत रुपमा विवरण राख्नुका साथै बिभिन्न राजनीतिक पार्टर्ीीग भटेर मलेसियामा रहेका नेपालीहरुको तथ्यसत्य समस्याहरुलाई बुदागत सहप्रमाण फोटोहरु सहित देखाईएको थियो। प्रस्तुत विवरणहरुः १. चारलाख नेपाली कामदारले काम गरिरहेको मुलुक मलेसियासंग तुरन्त श्रमसम्झौता गर्न पहल। २. हाउसमेट भिषामा महिला कामदारहरुले सास्ती खेपिरहेका र यस्ता भीषामा आएकालाई व्यवस्थित वा बन्द गर्न पहल। ३. मलेसियामा कामदार पठाउदा दुतावास मार्फत मात्र पठाइयोस्। ४ मलेसियामा रहेको नेपाली दुतावास कर्मचारी संख्या बढाउन पहल। मलेसियाबाट चौथो विश्व सम्मेलनमा ९ जनाले भाग लिएका थिए। चौथो विश्व सम्मेलन पछि एनसीसी मलेसियाको यो पहिलो कार्यक्रम हो। अहिले सम्म एनआरएन मलेसियाको सदस्य संख्या ९० पुगेको छ। आईसीसी सदस्य भिम शेरचन बताउनु हुन्छ- 'एनआरएन धनीहरुको मात्र संस्था हो भनिदैआएको पाईन्छ' तर 'यो धनीहरुको मात्र नभई सबै नेपालीहरुको संस्था हो।' अब मलेसियाले यो सोचाईलाई बदलेर देखाउने छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।