वीरगंज, २७ मंसिर । कैरियसको कर्मचारीको हत्याको विरोधमा अनिश्चितकालीन बीरगंज बजार बन्दको दोश्रो दिन पनि प्रभावित रहयो।
वीरगंज उद्योग वाणिज्य संघ एवं ट्रान्सपोर्ट एसोसिएसन पर्साले गठन गरेको अपराध प्रतिकार संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन ट्रान्सपोर्ट, यातायात, बजार बन्द भएको छ।
मंसिर २५ गते अपराधीहरुले गोली प्रहारबाट पशुपति ट्रान्सपोर्टका आदर्शनगरका कर्मचारी राजेश्वर दुबेको मृत्यु भएको थियो।
पेट्रोलियम पदार्थको ट्याकंर बाहेक सम्पुर्ण ढुवानी बन्द गरिएको संघर्ष समितिले जनाएको छ।
यसैवीच अनिश्चितकालीन आन्दोलन यथावत रहेको संघर्ष समितिले प्रेस विज्ञप्तिमार्फ जनाएको छ।
दोषीलाई अविलम्ब कारबाही मृतकलाई शहीद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने लगायत ५ वटा मांग राखी आन्दोलन जारी राखेको संयोजक हरिन्द्र साहले बताए।

Comments
Post a Comment