वीरगंज, ३ पुष । तराइ मधेश लोकतान्त्रिकका महामन्त्री जीतेन्द्र सोनलले पांच महिनाभित्र संविधान निर्माण हुने बताएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कार बोल्दै समग्र मधेश एक प्रदेशको भावना विपरित संविधान बनेमा आन्दोलन गर्ने चेतावनी दिए।
माओवादीले स्वायत्त गणराज्य घोषणा गर्नु गलत रहेको भन्दै तमलोपाले यसको विरोध गर्ने सोनलले बताए।
उनले मधेशको बारेमा निर्णय गर्ने अधिकार कुनै पार्टी र सरकारलाइ नरहेको भन्दै माओवादीले राष्ट्रमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए।
उनले मधेशवादी दलहरु एक हुनुपर्ने कुरामा जोड दिंदै संविधान नबनुन्जेल सम्म सबै एक ढिक्का हुनुपर्ने कुरामा जोड दिए।
Comments
Post a Comment