Skip to main content

अखिल क्रान्तिकारी र नेविसंघबीच झडप

दाङ, १३ माघ। महेन्द्र बहुमुखी क्याम्पस दाङमा बुधवार अखिल क्रान्तिकारी
र नेविसंघबीच भएको झडपमा नेविसंघका इकाई अध्यक्ष राजकुमार डाँगी घाइते
भएका छन्। अध्यक्ष डाँगी र स्ववियुका पदाधिकारीबीच बिबाद भएपछि झडप भएको
हो। घाइते डाँगीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ।
स्ववियु माताहतमा रहेको सल्यानीस्मृति भवन मर्मत संभारका लागि खटिएका
मजदूरहरुलाई अध्यक्ष डाँगीले धम्क्याएको र त्यस बिषयमा कुरा गर्न खोज्दा
स्ववियु सचिव सन्तोष पोख्रेलमाथि हातपात गरेपछि झडप भएको स्ववियुले दावी
गरेको छ। नेविसंघले भने क्रान्तिकारीले अध्यक्ष डाँगीमाथि सांघातिक
आक्रमण दावी गरेको छ।
यसैबीच प्रहरीले स्ववियू कोषाध्यक्ष भुपेन्द्रप्रकाश ओली, सशीकिरण ढकाल,
सुमन रोकालगायत विद्यार्थीहरुलाई गिरफ्तार गरेको छ। यसअघि नेविसंघको
बर्चस्व रहँदै आएको स्ववियुमा गत बर्षअखिल क्रान्तिकारीको प्यानलै बिजयी
भएपछि दर्ुइ संगठनबीच बिबाद हुँदै आएको छ। केही महिनाअघि नेविसंघका इकाई
अध्यक्ष डाँगीको कुर्टाईबाट स्ववियु कोषाध्यक्ष भुपेन्द्रप्रकाश ओली
घाइते भएका थिए।
उता स्ववियुले विज्ञप्तिमार्फ सचिव पोख्रेलमाथि हातपात भएको र
सल्यानस्मृति भवनमा समेत तोडफोड भएको उल्लेख गर्दै स्ववियु निर्वाचनको
परिमाण स्वीकार गर्न नसकेर नेविसंघले आफ्ना पदाधिकारीमाथि निरन्तर आक्रमण
गरिरहेको दावी गरेको छ।

गाबिस सचिवहरुले गाउँ छाडे

१३ माघ, नेपालगन्ज। बाँकेको सितापुर गाविसका सचिवर् इन्द्रबहादुर
श्रेष्ठको हत्यापछि असुरक्षित मशसुस गर्दै बाँकेका सम्पूर्ण गाबिस
सचिवहरुले गाउँ छाडेका छन्। उनीहरुले सरकारले शान्तिसुरक्षाको भरपर्दो
ब्यवस्था नगरेसम्म गाउँ नर्फकने बताएका छन्।
श्रेष्ठको श्रद्धाञ्जलीसभामा सहभागि हुन नेपालगन्ज पुगेका उनीहरुले
सुरक्षाको ग्यारेन्टी, सचिव श्रेष्ठलाई शहिद घोषणा, पीडित परिवारलाई
क्षेतिपर्ूर्ति, अपराधिलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्।
बाँकेकोर् इन्द्रपुर ३ करमोना निवासी ३५ बषिर्य श्रेष्ठको मंगलबार
बेलुकी अपहरणपछि हत्या भएको थियो। सचिव श्रेष्ठको हत्याको जिम्मा मधेशी
मुक्ति टार्इगर्सले जिम्मा लिइको छ।
हिजै गा.वि.स. सचिव हकहित संरक्षण केन्द्र रोल्पाले एक विज्ञप्ती जारी
गरी अपराधीलाई कार्वाही गर्न, मृतक सचिवलाई तत्काल शहिद घोषणा गर्न र
मृतकका परिवारलाई राहत दिन सरकारसंग आग्रह गरेको छ।
केन्द्रले गा.वि.स. सचिवको हत्या सिंगो राष्टसेवक माथिको चुनौती भएको
ठहर गरेको छ। केन्द्रका कार्यवाहक अध्यक्ष रेश्मीराज अधिकारीद्वारा
हस्ताक्षरीत विज्ञप्तीमा सरकारसंग राष्टसेवक कर्मचारीको सुरक्षाको
ग्यारेण्टीको माग समेत गरीएको छ।

झोलुङ्गे पुल निर्माण

एग्रिकलचर एण्ड एशोशियसन ब्रिटिश गोर्खाज नेपालको सहयोगबाट जैमाकसला र
हार्जङको लिवाङ जोड्ने झोलङ्गे पुल निमार्ण्र्ााम्पन्न भएको छ।
९५ मिटर लम्बाई र ६० मिटर उचाई भएको सो पुलको लागत १ लाख जनश्रमदान र
ब्रिटिश गोर्खाज नेपालको आर्थिक सहयोग सहित ६७ लाख लागतमा निर्माण भएको
हो।
सो पुलबाट रोल्पाको पर्ुर्वी बिकट गा.वि.स. स्युरी, हार्जङ र जैमाकसला
गाबिसका स्थानिय र्सबसाधरणहरुले प्रत्यक्ष लाभान्भित हुने पुल निर्माण
कार्य संचालक समितिका अध्यक्ष मनखना र्घर्तिले बताउनु भएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...