विद्यार्थी लापत्ता भएको समाचार प्राप्त भएको छ।
वीरगंजको आदर्शनगरमा घर रहेका लक्ष्मण टिवडेवालका छोरा विगत दर्ुइ
दिनदेखि लापत्ता भएको बुझिन आएको छ।
हराइरहेका युवकका पिता लक्ष्मण टिवडेवाल काठमाडौंमा व्यापार गरिरहेका
छन् भने उनका छोरा आमासंग वीरगंजमै बस्दै आइरहेको स्रोतको भनाई छ।
दिल्ली पब्लिक स्कूल बारा बन्द हुने अवस्थामा
वीरगंज, १४ माघ। बारा जिल्लाको शिक्ष्ँा कार्यालयमा दर्ता रहेको दिल्ली
पब्लिक स्कूल बन्द हुने अवस्थामा पुगेको छ।
भारतको दिल्लीस्थित डि.पि.एस. स्कूलको ब्रान्चको रूपमा दर्ता गराएको सो
स्कूलले सिबिएससी अनुमति समेत नपाएबाट आप\mनो स्ट्यान्डर मिट गर्न नसकेको
महसुस गर्दै अभिभावकहरूले महंगो शिक्ष्ँा शुल्क रहेको उक्त स्कूलमा
विद्यार्थी भर्ना गर्न छाडेको बताइदैछ।
भरपर्दो स्रोतका अनुसार आर्थिक अभावका कारण दिनप्रतिदिन खर्च थेग्न
नसक्ने अवस्थामा पुगेको दिल्ली पब्लिक स्कूल, बाराले भारतबाट झिकाइएको
प्रिन्सीपललाई उक्त स्कूलले तलब खर्च बढी दिनुपर्ने अवस्थाका कारण नै
निकालेको बताइदैछ।
वीरगंजका व्यापारी सत्यनारायण अग्रवाल तथा भारत, कलकत्तास्थित रहेका
निजका सम्धी एवं वीरगंजकै अन्य दर्ुइ व्यापारीहरूको संयुक्त लगानीमा
संचालन भएको दिल्ली पब्लिक स्कूल शहरभन्दा बाहिर असुरक्षित स्थानमा रहेको
कारण पनि अभिभावकहरूले आप\mना बालबालिकाहरूलाई सो स्कूलमा अध्ययनका लागि
भर्ना नगरेको अभिभावकहरूको भनाई छ।
स्कूल संचालन भएदेखि घाटा बेहोरीरहेको उक्त स्कूल कुन दिन बन्द हुने हो
- त्यो भने भन्न नसकिने अवस्था रहेको पाइन्छ। सो स्कूलको अवस्थाका बारेमा
स्कूलका वर्तमान प्रिन्सीपल शेखर अग्रवाललाई टेलिफोन सर्म्पर्क गर्दा
सर्म्पर्क हुन सकेन।
Comments
Post a Comment