Skip to main content

विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान

हेटौडा, १३ माघ। भूटनदेवी उच्च मा.वि.हेटौडले बुधबार विद्यार्थीहरुलाई
छात्रवृत्ति प्रदान र शिक्षक तथा कर्मचारीलाई विदाई गरेको छ। छात्रवृत्ति
प्रदान गर्नुहुदै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी चोलेन्द्र कुमार
पण्डितले राज्य बाट प्राप्त सुविधालाई विद्यार्थीहरुले सहि सदुपयोग गर्नु
पर्ने बताउनु भयो। उहाले विद्यालय र विद्यार्थीको सफलता अविभावक ,शिक्षक
र स्कुल व्यवस्थापनको संयूक्त प्रयासमा मात्र संभव भएको बताउनु भयो।
कार्यक्रममा विद्यालयमा अध्यान गरिरहेका विभिन्न विद्यार्थीहरुलाई
छात्रवृत्ति वितारण गरिएको थियो। रु. ३५०का दरले १२जनालाई प्रा.वि.दलीत
छात्रावृत्ति प्रदान गरिएको छ।यस्तै प्रा.वि.स्तरको ५० प्रतिशत
छात्रावृत्ति ६५जनालाई, नि. मा.वि.र मा.वि.दलित छात्रबृत्ति रु.५००का
दरले २० जनालाई र पूर्ण छात्रबृत्ति रु एक हजार सात सयका दरले १६ जनालाई
वितारण गरिएको विद्यालयले जनाएको छ। सोहि अवसरमा प्राचार्य विष्णु प्रसाद
गौतमले आफ्नो तर्फबाट कक्षा ११मा ऐच्छिक नेपालीमा र्सवाधिक अंक ल्याउन
सफल चार जना विद्यार्थीलाई रु चार हजार दर्ुइ सय नगद पुस्कार प्रदान
गर्नु भयो।
कार्यक्रममा शिक्षक वेद प्रसाद उपाध्याय र कर्मचारी राम बहादुर रानालाई
कदर पत्र सहित उहाँहरुले विद्यालयमा पूर्याउनु भएको योगदानको प्रशंसा
गर्दै विदाई गरिएको प्राचार्य विष्णु गौतमले जानकारी दिनु भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्युत बज्राचार्यको अध्यक्षतामा
भएको कार्यक्रममा प्राचार्य विष्णु प्रसाद गौतम ,व्यवसथापन समिति सदस्य
उत्तम शर्मा ,शिक्षक खडानन्द चौलागाई,नागेन्द्र ठाकुर विनोद आर्चाय
लगायतले विद्यालयको शैक्षिक गतिविधिका बारे जानकारी दिनु भएको थियो।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।