Skip to main content

पि.डि.वि. बैंकका मैनेजर क्याललाई पक्राउ गर्न वारेन्ट जारी

रकम झिक्न बैंकमा ग्रँहकहरुको भीड
वीरगंज, १४ माघ। वीरगंज डेभलपमेन्ट बैंकका मैनेजर कुञ्जबिहारी क्याललाई
पक्राउ पर्ूर्जी प्रहरीले जारी गरेको समाचार नागरिक दैनिकले प्रकाशित
गरेपछि आज सो बैंकमा जम्मा रहेको रकम झिक्ने ग्राहकहरूको भीड जम्मा भएको
छ।
ग्राहकको डिपोजिट रकमबाट कुञ्जबिहारी क्यालले विभिन्न ठाउंमा आप\mना
नातागोताका व्यक्तिहरूको नाममा जग्गा खरिद गरेको तथा खराब कर्जा व्यापक
रूपमा प्रवाह गरेबाट नेपाल राष्ट्र बैंकले सो बैंकको आर्थिक कारोबारका
बारेमा अनुसन्धान चलाइरहेको थियो।
क्यालले आप\mनो कारोबार बढाउन हालै बिर्ता मन्दिरस्थित अगाडि रहेको गायक
मधु क्षेत्रीको जग्गा, पमपम बिल्डिङ खरिद गर्नुका साथै हाउजिङ लगानीमा
समेत पब्लिक डेभलपमेन्ट बैंकबाटै करोडौं रकम लगाएको कुरा खुल्न आएको छ।
जनताले डिपोजिट गरेको रकमलाई अनाधिकृत रूपले कर्जा प्रवाह गरी हिनामिना
गर्न खोजेको आरोपमा राष्ट्र बैंकले क्यालको आर्थिक गतिविधिको अनुसन्धान
गर्दै हालै वारेन्ट जारी गरेको बताइंदैछ।
राष्ट्र बैंकले न्यूनतम आधार पूरा नगरी बैकिङ कसुर गरेको अभियोगमा दर्ुइ
बैंकका कार्यकारी प्रमुखसहित करिब ८० जनालाई पक्राउ गर्न गृह
मन्त्रालयलाई पत्राचार गरेको छ।
बैंकले पब्लिक डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख कुन्जविहारी क्याल,
इन्प|mास्ट्रक्चर डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख इन्द्र
हुमागाईंलगायत ८० जनालाई पक्राउ गर्न पत्र पठाएको हो।
राष्ट्र बैंकले पठाएको पत्र गृह मन्त्रालय हुंदै महानगरीय प्रहरी परिसर
काठमाडौंमा आइपुगेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख गणेश
केसीले हुमागाईं र क्याल काठमाडौंमा रहे/नरहेको खोजी सुरू भएको बताए।
उनले भने, राष्ट्र बैंकको पत्र आएको छ। पक्राउ गर्न कारबाही सुरू भएको छ।
इन्प|mास्ट्रक्चर बैंकको केन्द्रिय कार्यालय बनेपा र पब्लिक डेभलपमेन्टको
वीरगन्जमा छ। राष्ट्र बैंकले दर्ुइ बैंकका कार्यकारी प्रमुखले एक आपसमा
मिलेर बैंक खातामा रकम नभएको चेक जारी गर्न, काल्पनिक नामका व्यक्तिलाई
रोजगारी दिएको देखाएर रकम लिने, न्यूनतम आवश्यक पर्न कागजात पनि
नपुर्‍याएर कर्जा दिने अनुसन्धानमा भेटिएको एक अधिकारीले बताए। त्यसरी
प्रवाह भएको रकम सहकारीमा प्रयोग गर्न र न्यूनतम आवश्यक कागजातसमेत
नराख्ने गरेको अनुसन्धानमा भेटिएको ती अधिकारीले जनाए। गत वैशाखमा दर्ुइ
बैंकले साधारण सेयर भर्न बैंक खातामा ब्यालेन्स नभएको चेक जारी गरेका
थिए। यसपछि राष्ट्र बैंकले अनुसन्धान थालेको हो। जारी भएको चेक नसाटी
बैंकमै थन्काएर राखेको राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ। यस्तो रकम
करिब २८ करोड रूपैयां रहेको अनुमान छ। राष्ट्र बैंकको अनुसन्धानमा
काल्पनिक व्यक्तिका नाममा चेक काट्ने गरेको पाइएको छ। यस्तो चेक
कलेक्सनमा नपठाएर सेयर किन्न प्रयोग भएको उसको अनुसन्धानमा छ।
व्यक्तिका नाममा काटेको चेक सिधै कलेक्सन शाखामा जानर्ुपर्नेमा त्यसलाई
सेयर खरिद गर्न लगाएर दुरूपयोग गरिएको अनुसन्धानको निष्कर्षछ। राष्ट्र
बैंकले दर्ुइ बैंकका कार्यकारी प्रमुख एक आपसमा मिलेर नक्कली आयोजना र
ऋणी देखाएर बैंक कर्जा दुरूपयोग गरेको फेला पारेको छ। एक आपसमा मिलेर
नक्कली नाम, नागरिकता र योजना बनाई कर्जा लिएको फेला परेको छ,
अनुसन्धानमा खटिएका राष्ट्र बैंकका एक कमर्चारीले भने, यसरी लिएको रकम
आफूले र आप\mना मानिसले प्रयोग गरेको देखिएको छ। तर इन्प|mास्ट्रक्चर
बैंकका कार्यकारी प्रमुख हुमागाईंले पक्राउका विषयमा कुनै जानकारी नभएको
बताए। दुवै क्षेत्रीयस्तरका विकास बैंक हुन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...