Skip to main content

सडकका मान्छेलाई पनि प्रधानमन्त्री मान्न तयार छ ः निधि

काठमाडौं, माघ १७। नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले सरकार
परिवर्तनसम्बन्धी अभिव्यक्ति दिएको बारे उपप्रधान एवं परराष्ट्र मन्त्री
सुजाता कोइरालासँग स्पष्टीकरण सोधिने बताएका छन्। आइतबार रिपोर्टर्स क्लब
नेपालको साक्षात्कार कार्यक्रममा महामन्त्री निधिले प्रधानमन्त्री र
सरकारसँग असन्तुष्टि भए पार्टर्ीी छलफल गर्नुपर्ने या राजीनामा दिनुपर्ने
धारणा राखे। उनले भने 'सुजाताजीबाट धेरैपटक विवादास्पद अभिव्यक्ति
आइरहेका छन्। मिडियामा आएका कुराबारे पहिले उहाँसँग बुझ्छौं।'
प्रधानमन्त्री र सरकारसँग असन्तुष्टि भए पार्टर्ीी छलफल गर्नुपर्ने या
राजीनामा दिनुपर्ने निधिको भनाइ थियो। उनले भने, 'मन्त्रीका रुपमा
एकैचोटि र्सार्वजनिक रुपमा राख्न मिल्दैन। उनले कांग्रेस अहिले मुलुकमा
सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे। 'अहिले मुलुक र कांग्रेसका
एजेन्डा शान्ति र संविधान हुन्,' उनले भने- त्यसैले अहिले सरकार
परिवर्तनको अवस्था विलकुलै छैन।
महामन्त्री निधिले सरकारको कार्यक्षमताबारे दलहरुको बैठकमा समेत आलोचना
र छलफल भइरहेको बताउँदै कांग्रेसले पनि सरकारको समीक्षा गर्नुपर्ने बताए।
उनले भने- तर अहिले सरकारको विकल्प खोज्ने बेला होइन। उच्चस्तरीय
राजनीतिक संयन्त्र सरकार गिराउने षड्यन्त्र नभएको स्पष्ट पारे। उनले भने-
यो शान्ति, संविधान र राजनीतिक गतिरोध अन्त्यका लागि हो। यसमा अन्य दलको
सहभागिता हुनै बाँकी छ। यसलाई सत्ता परिवर्तनको उपकरणमा लिने प्रयास
निर्रथक हुनेछ।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
साक्षात्कार कार्यक्रममा निधिले भारतविरुद्ध माओवादीको आन्दोलन अनावश्यक
र असान्दर्भिक भएको आरोप लगाए। अहिले कुनै पनि आन्दोलन आवश्यक छैन।
भारतको सहयोग विना नेपालमा शान्ति, लोकतन्त्र र प्रगति सम्भव नभएको र
यस्तो अनुत्पादक कार्यबाट नेपालको हित नहुने उनको कथन थियो। उनले भने-
अहिलेका राष्ट्रिय एजेन्डा शान्ति र संविधान हुन्। यी एजेन्डालाई
माओवादीले ओझेल पारिरहेको छ।
सरकार परिवर्तनका लागि माओवादीले कांग्रेस त के सडकको व्यक्ति समेत
ल्याउन तयार रहेको उनले आरोप लगाए। उनले भने-माओवादीले राष्ट्रिय
एजेन्डालाई पाखा लगाउन सरकार परिवर्तनको खेल खेलेको हो। यो अत्यन्त
गैरजिम्मेवार कदम हो।
संविधान निर्माणअघि माओवादी लडाकुको व्यवस्थापन र पुनर्स्थापन हुनुपर्ने
औल्याउँदै उनले भने- राजनीतिक दल हतियारधारी हुन सक्दैन। हतियार र
हतियारधारी राखेर शान्ति सम्भव छैन। नेपाली कांग्रेस संघीय लोकतान्त्रिक
गणतन्त्रप्रति प्रतिबद्ध रहेको र राज्य प्रदेशको विवाद समाधान गर्न राज्य
पर्ुनर्संरचना आयोग बनाउने कुरामा तीनवटै ठूला दलबीच सैद्धान्ति सहमति
भएको उनले जानकारी दिए।
साथै उनले कब्जा गरिएका घरजग्गा फिर्ता, वाइसिएलको अर्घसैनिक संरचनाको
समाप्तिलगायत बृहत् शान्ति सम्झौताको अक्षरंश पालना गरिनुपर्ने औंल्याए।

Comments

Popular posts from this blog

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...